गायक पशुपति शर्मा भन्छन् : खाली सडकमा स्पिड बढाउने बानी छैन

नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् – पशुपति शर्मा । शर्माका अधिकांश गीत नेपाली गीत संगीतमा हिटको सूचीमा छन् । यतिबेला स्याङजामा रहेका शर्मासँग नेपाल अटोले गरेको अटो वार्ता :

अहिले कुन गाडी चढिरहनुभएको छ ?
सस्तो राम्रो, हुन्डाईको आई टेन चढिरहेको छु ।

कहिले किन्नुभएको हो ?
एक वर्ष अघि किनेको हुँ । गाडी चलाउन हात बस्छ भनेर एकजना साथीसँग किनेको हुँ ।

कतिमा किन्नुभएको हो ?
१६ लाखमा ।

कार चढेर यात्रा गर्न सहरी क्षेत्रमा कत्तिको कठिन छ ?
काठमाडौंमा म खासै गाडी चलाउँदिन । वास्तवमा भन्ने हो भने स्याङ्जा–काठमाडौं ओहोरदोहोर गर्न मात्र सहज लाग्छ । काठमाडौंको ट्राफिक जाम, पार्किङको समस्याका कारण मलाई काठमाडौंमा गाडीभन्दा स्कुटर सहज लाग्छ ।

आफैं ड्राइभिङ गर्नुहुन्छ कि ?
आफैं चलाउँछु ।

ड्राइभिङ कसरी सिक्नुभयो ?
२ वर्ष पहिले नै सिकेको हुँ । मैले लाइसेन्स निकालेपछि मात्र गाडी किनेको हुँ ।

अहिलेसम्म कारमा सबैभन्दा लामो यात्रा कहाँसम्म गर्नुभएको छ ?
अहिलेसम्म स्याङ्जा २ पटक गएँ ।

तपाईंलाई हुन्डाई आई टेनको मनपर्ने विशेषता के–के हो ?
यसको सबैभन्दा राम्रो विशेषता भनेको यसलाई सर्भिसिङ गर्न सजिलो छ । कतै गाडीमा समस्या आयो र ग्यारेज भेटियो भने समस्या समाधान हुन्छ भन्नेमा विश्वस्त भए हुन्छ । साथै यसको सामान पनि सहजै पाइन्छ । यस्तै, यसको लुक्स पनि राम्रो लाग्छ । गाउँतिर जानलाई सहज छ ।

राजधानीको ट्राफिक जामबाट कत्तिको हैरानी हुनुहुन्छ ?
वाक्कै भएको छु । त्यसैले काठमाडौंमा धेरैजसो स्कुटीमा हिड्छु ।

ट्राफिक कारवाहीमा पर्नुभएको छ कि छैन ?
मैले गाडी चढेको १ वर्ष भयो । तर मोटरसाइकल चढेको भने १० वर्ष भैसक्यो । अहिलेसम्म ट्राफिक कारवाहीमा परेको छैन । अर्को कुरा म अनुशासित चालक हुँ । मेरो स्पिड एकैनासको हुन्छ । खाली बाटो देखेपछि स्पिड बढाउने बानी छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...