बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हिट्कोले विगत ४ दशकयता एटिएस एल्गी र एल्गी ब्रान्डका वर्कशप उपकरण बिक्री गर्दै आएको छ । वर्कशपलाई आधुनिक र सुबधिा सम्पन्न बनाउन हामीले विभिन्न रेन्जका उपकरण उपलब्ध गराएका छौ । साथै, बिक्री भएका ती उपकरणको मर्मतका लागी नियमित सर्भिस समेत दिँदै आएका छौं । नेपाली बजारमा हामी बिक्री र बिक्री पछिको सेवाका लागि निकै भरपर्दो र विश्वासिलो कम्पनीका रुपमा परिचित छौ ।
पछिल्लो समय ईभीको माग बढ्दै गएका कारण वर्कशप समेत ईभी डेडिकेटेड बन्न थालिसकेको छ । ईभी वर्कशपका लागी आवश्यक पर्ने ब्याट्री म्यानेजमेन्ट सिस्टम बाहेक टुल्स, ड्रेस र ब्याट्री लिफ्टर सबै हामीसंग उपलब्ध छ । साथै हामीले एड्भान्स सिस्टमको ह्विल एलाइन्मेन्ट, ब्याट्री ट्रे, हाइभाल्टेड टुल्स र एसी रेकोभरी जस्ता उपकरण पनि उपलब्ध गराएका छौं ।
यी उपकरणलाई भारतमा टाटा, एमजी, किया र महिन्द्रा जस्ता ब्रान्डले प्रमाणित गरेका छन् । अटो शोमा हामीले यसपटक सस्तो मूल्यका सिम्पलेक्स र डुप्लेक्स कम्प्रेसर ल्याएका छौ ।
ईभीको वर्चश्व बढ्न थालेपछि धेरै वर्कशप बन्द समेत भएका छन् भने सञ्चालनमा रहेका बाँकी वर्कशप पनि विस्तारै ईभीमा अपग्रेड भैरहेको पाइन्छ । ईभीको हकमा प्राइभेट वर्कशपलाई विश्वस गर्ने अबस्था नभएका कारण पूर्णरुमा कम्पनीको आधिकारिक वर्कशपमै जानुपर्ने अबस्था छ । बजारमा ईभी ब्रान्डको संख्या बढेपनि एउटै व्यवसायिक घरानाले ८–१० वटासम्म ब्रान्ड भित्र्याउँदा हाम्रो बजार भने खासै विस्तार हुन सकेको छैन ।
ईभी र पेट्रोल कारको मर्मत गर्ने सर्भिस सेन्टरमा प्रयोग हुने उपकरण प्राय एउटै हुनेभएपनि केही सामानमा मात्रै फरक छ । बजारमा चिनियाँ ब्रान्डका ईभीको वर्चश्व रहेको र हामीले ल्याउने ब्रान्ड भारतको भएकाले पनि चार्जर जस्ता कतिपय उपकरण र टुल्स बिक्री गर्न हामीलाई सहज छैन ।
हाई भोल्टेजमा काम गर्नुपर्ने हुँदा ईभी वर्कशपमा प्रयोग हुने उपकरण र टुल्स गुणस्तरमा राम्रो हुनु एकदमै आवश्यक छ ।
प्रदिपमान प्रधान : कार्यकारी निर्देशक, हिट्को प्रालि
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...