इनड्राइभरको सेवा काठमाडौंमा शुरु : चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा

काठमाडौं – अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा ठूलो शहर काठमाडौंमा आफ्नो सेवा शुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तहरुमाथि स्वतन्त्ररुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्ने बताएको छ ।

इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडल मार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् । यसको बदलामा चालकहरुले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन् भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन्।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरु भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्दछ ।

यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् ।

चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् ।

‘हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौं । हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिट्टै नै नेपालका मुख्य शहरहरुमा उपलब्ध गराउनेछौं । कम्तीमा सेवा सञ्चालनको शुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन, यसको मतलब उनीहरुले प्रत्येक राइडको सम्पूर्ण शुल्क कर बाहेक आफैंले प्रयोग गर्न पाउनेछन्। त्यसपछि लागू हुने कमिसन काठमाडौंमा चलेका अन्य राइडहेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुनेछ । इनड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरुलाई साइन अप गरिसकेको छ’, इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन् ।

राइड रिक्वेस्ट बुक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ ।

सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने, अस्विकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन्।

इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौंको गाेंगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रागर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथ सम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

इनड्राइभरका बारेमा
इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै एउटा सबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवा हो ।

यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन्। कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ ।

इनड्राइभरले अन्तरशहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन शहरमा डेलिभरीलगायतका अन्य सेवा पनि प्रदान गर्दछ ।

इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले १ हजार ७०० जनालाई रोजगारी दिएको छ ।

२०२१ को शुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानी सहित युनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा सुरुङमार्ग निर्माणस्थलका ३२ जना कामदारमा कोभिड सङ्क्रमण

नागढुङ्गा सुरुङमार्ग निर्माणस्थलका ३२ जना कामदारमा कोभिड सङ्क्रमण

काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा...

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...