ईभी उत्पादनको केन्द्र बन्दै इन्डोनेसिया, ब्याट्री प्लान्टमा चीनको ठूलो लगानी

इन्डोनेसियालाई ईभी उत्पादनको केन्द्र बनाउने उद्देश्यका साथ चिनियाँ कम्पनीहरूले विशाल ब्याट्री कम्पनी निर्माणमा लगानी गरेका छन् ।

जर्काता ग्लोब सञ्चारमाध्यममा प्रकाशित खबरअनुसार, पश्चिम जाभाको कारावाङ क्षेत्रमा ब्याट्री प्लान्ट बनाइनेछ । सो विशाल प्लान्ट बनाउनका लागि ५.९ अर्ब डलर खर्च लाग्ने बताइएको छ ।

इन्डोनेसियाको खनिज उत्खनन कम्पनी अनेका ताम्बाङ, इन्डोनेसियन ब्याट्री कर्पोरेशन र चिनियाँ कम्पनीहरू कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी, ब्रन्प रिसाइक्लिङ र लिजेन्ड रिसोर्सेसको संयुक्त पहलमा प्लान्ट बनाउन लागिएको हो ।

उक्त प्लान्ट ३ हजार हेक्टर क्षेत्रफलमा हुनेछ र त्यसले ८ हजार रोजगारी सिर्जना गर्नेछ । यस परियोजना अन्तर्गत १८ वटा भौतिक पूर्वाधार निर्माण गरिनेछ । सामुद्रिक बन्दरगाहको निर्माण पनि त्यसै परियोजना अन्तर्गत बनाइनेछ ।

प्लान्ट निर्माण भएर सन् २०२६ को अन्त्यसम्ममा सञ्चालन हुने अपेक्षा गरिएको छ । अमेरिका र चीनबीच व्यापारयुद्ध चलिरहेको बेलामा चीनले दक्षिणपूर्वी एसियाका मुलुकहरूसँग मिलेर विकास र व्यापारमा व्यापक लगानी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

काठमाडौं – नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेइकल फर्थिङ फ्राइडेले...

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता...

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...