आयातमा थप कडाई गर्ने सरकारको तयारी, असार मसान्तपछि पनि गाडीको आयात खुल्नेमा संशय

सरकारले आयातमा थप कडाई गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले राष्ट्रिय हित अनुसार आयात प्रतिबन्ध गर्ने निर्णय गरेको छ । असार मसान्तपछि विभिन्न वस्तु तथा सेवामा आयात प्रतिबन्ध लगाउने गरी आन्तरिक तयारी भइरहेको बताइएको छ ।

यसअघि सरकारले विभिन्न १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारले निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै पेट्रोल तथा डिजेलबाट चल्ने गाडी र २५० सीसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायत अन्य विलासी सामानकोे आयातमा प्रतिबन्ध लगाएको हो । सरकारले लगाएको आयात प्रतिबन्ध चालु आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने बताइएको थियो ।

तर नेपालको अर्थतन्त्रमा चुनौती बढ्दै गएको भन्दै असार मसान्तपछि थप विभिन्न वस्तु तथा सेवामा आयात प्रतिबन्ध लगाउने गरी आन्तरिक तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बैशाख मसान्तसम्म ९ खर्ब २८ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चिति कायम छ । उक्त सञ्चितिले ६.५ महिनाको लागि वस्तु तथा सेवा आयात गर्न पुग्छ ।

त्यस्तै नेपालको व्यापार घाटा उच्च छ भने सोधानन्तर स्थिति घाटामा रहेको छ । १० महिनाको तथ्याङ्क हेर्दा २८८ अर्बको सोधानन्तर घाटा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ भने यो घाटा नेपालको उच्च घाटा हो ।

यसरी विदेशी मुद्राको सञ्चितिमा दवाव वढ्दै गएका कारण हाल कायम गरिएको प्रतिवन्धलाई निरन्तरता दिँदै थप वस्तुको आयातमा समेत प्रतिवन्ध लगाउने सरकारी तयारीले असार मसान्तपछि खुल्ने भनिएको गाडीको आयातमाथिको प्रतिवन्ध अझै लम्विने सम्भावना वढेर गएको छ । अहिले एकातर्फ गाडीको आयातमा पूर्ण प्रतिवन्ध लगाइएको छ भने अर्कोतर्फ वैंक तथा वित्तीय संस्थाले कर्जा समेत दिन छाडेका छन् । यसले गर्दा नेपालको अटोमोबाइल व्यवसाय चौपट बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं–ट्राफिक प्रहरीले आज बिहान मादक पदार्थ सेवन (मापसे) परीक्षणको...

तपाईको सवारी साधनको कर कति ? नयाँ आर्थिक वर्षमा बागमतीमा यस्तो छ करको दर

तपाईको सवारी साधनको कर कति ? नयाँ आर्थिक वर्षमा बागमतीमा यस्तो छ करको दर

काठमाडौं – नयाँ आर्थिक वर्ष शुरु भएसँगै आफ्नो सवारी साधनको कर तिर्नु...

काठमाडौँका ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौँका ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौँ – सरकारले आगामी आर्थिक बर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...