अशोक लेल्याण्डको नेपाली बजार : साना कमर्सियल देखी डिफेन्स भेइकल सम्मको कारोवार
कमर्सियल भेइकलको उत्पादनमा कहलिएको भारतीय अटो उत्पादक अशोक लेल्याण्ड...
काठमाडौँ – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्धार भेइकल हस्तान्तरण गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमका वीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेइकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरे । मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेइकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघिबाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेइकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैलाई जानकारी नै छ । कठिन भौगोलिक अवस्थाको कारणले गर्दा हाम्रो देश भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा छ । त्यसैगरी भविष्यमा कोभिड जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । त्यस्तै, सडक, हवाई र निर्माण सम्बन्धी ठूला दुर्घटना हुने सम्भावना पनि रहन्छ नै । त्यसैले जनताको जीवन रक्षाका लागि सधैं तयार रहनु अति आवश्यक छ ।’
यो अत्याधुनिक भेइकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ ।
यी भेइकलहरू मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन्। त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन् । यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।
यस्ता ठुला दुर्घटना र विपद्को समयमा मास क्यारिङ् भेइकलको अभावमा वर्षेनी हजारौं व्यक्तिहरु अस्पताल पुर्याउदा पुर्याउदै अनाहकमा ज्यान गुमाउने गरेका छन् । यी भेइकलले यसको न्यूनीकरणमा ठूलो भूमिका निर्वाह गर्ने आशा गरिएको उनले बताए ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कमर्सियल भेइकलको उत्पादनमा कहलिएको भारतीय अटो उत्पादक अशोक लेल्याण्ड...
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि ग्रेटवाल मोटर्सको...
काठमाडौं – नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...