किकबाट बाइक स्टार्ट नभएमा यसो गरौ

लामो समयको अन्तरालमा बाइक स्टार्ट गर्नु खोजेमा बाइक सजिलै स्टार्ट हुँदैन । यस्तो अवस्थामा बाइकलाई मेकानिक कहाँ लैजानु पर्ने हुन्छ । तर, त्यसको लागि केही चिन्ता लिनुपर्दैन । यसलाई आफैले पनि सजिलै स्टार्ट गर्नका लागि केही टिप्स अपनाउन सकिन्छ ।

वास्तवमा बाइक लामो समयसम्म अफ हुँदा ब्याट्री सकिन्छ र इन्जिनमा धुलो जम्मा भएर मोटरसाइकल सेल्फ र किकबाट स्टार्ट हुँदैन ।

बाइक स्टार्ट नभएमा सबैभन्दा पहिले पेट्रोल जाँच गर्नुहोस् । यदि बाइकमा पेट्रोल छ भने बाइकलाई रिजर्भ मोडमा राख्न आवश्यक छ कि छैन जाँच गर्नुहोस् । किनभने, तेल कम हुँदा रिजर्भ मोड चाहिन्छ र यदि छैन भने, बाइक स्टार्ट हुँदैन ।

लामो समयपछि बाइक स्टार्ट गर्दै हुनुहुन्छ भने पहिले बाइकलाई मुख्य स्ट्यान्डमा राख्नुहोस्, त्यसपछि बाइकलाई तेस्रो वा चौथो गियरमा राख्नुहोस् । यसपछि बाइकको पछाडिको टायरलाई छिटो घुमाउनुहोस् । बाइकलाई तेस्रो वा चौथो गियरमा राखेर धक्का दिएर पनि बाइक स्टार्ट गर्न सकिन्छ ।

त्यसैगरी, लामो समयसम्म बाइक थन्काएर राखेमा बाइकको इन्जिनमा धुलो जम्मा हुन सक्छ र किकले गर्दा पनि इन्जिनमा पेट्रोल जाँदैन, जसले गर्दा बाइक स्टार्ट हुँदैन । विशेषगरी चिसो मौसममा यस प्रकारको समस्या सबैभन्दा बढी हुने गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...