लन्च नहुँदै चर्चामा हुन्डाईको माइक्रो एसयूभी

हुन्डाईले केही समयमा नै माइक्रो एसयूभी ल्याउने भएको छ । सो एसयूभीको कोडनेम एएक्स१ राखिएको छ । साथै अन्तराष्ट्रिय स्तरमा लन्च गर्ने योजना पनि बनाइरहेको छ । हालै सो ५ सिटरको प्रोटोटाइपलाई बर्फमा परीक्षण गरिरहेको समयमा देखा परेको थियो । मिडिया रिपोर्ट अनुसार सो कार पहिला दक्षिण कोरियामा र त्यसपछि भारतमा लन्च गरिनेछ ।

सो कार के१ आर्किटेक्चरमा तयार गरिनेछ । लिक भएको फोटो अनुसार सो कार होरिजन्टल एलईडी टेलल्याम्प र अलोय ह्वील समावेश गरिनेछ ।

सो कारको इन्टेरियरमा एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथमा मल्टी फंक्सन स्टेयरिङ ह्विल र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिनेछ ।

सो कारमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ८४ बीएचपीको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ । यसको साथै सो कारमा स्यान्ट्रोमा जस्तै १.१ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ६८ बीएचपीको पावर र ९९ एनएमको टर्क जेनेरेट गर्छ । उक्त एसयूभीमा ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी बैकल्पिक ट्रान्समिशन समावेश गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...