तीन महिनामा बीवाईडीले बिक्री गर्यो २ लाख ६४ हजार ईभी, ८७ प्रतिशतले वढ्यो बिक्री
चीनीयाँ इभी जायन्ट बीवाईडीले यो वर्षको पहिलो तीन महिनामा कुल २ लाख ६४ हजार...
हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ५ को नयाँ फेसलिफ्ट भर्सन पेश गरेको छ । नयाँ अवतारमा आएको २०२६ मोडलले डिजाइन, प्रविधि, रेन्ज र सेफ्टी पक्षमा महत्वपूर्ण सुधार गरेको छ ।
डिजाइनका हिसाबले नयाँ मोडलले आफ्नो पहिचान कायम राख्दै थप आधुनिक र बलियो रूप पाएको छ । कम्पनीले आफ्नो सिग्नेचर प्यारामेट्रिक पिक्सेल डिजाइनलाई निरन्तरता दिँदै अगाडि र पछाडिको बम्पर रिडिजाइन गरेको छ। साथै यसमा स्किड प्लेट, नयाँ स्पोर्टी अलोय ह्विल र नयाँ रियर स्पोइलर जडान गरिएको छ ।
यसको इन्टेरियरमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ। यसमा नयाँ थ्री स्पोक स्टेयरिङ ह्विल, सेन्टर फेसिया र दुईवटा १२.३ इन्च स्क्रिन, इन्फोटेनमेन्ट र इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्टिभिटी, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, ओभर द एयर अपडेट सिस्टम, पार्किङ कोलिजन अभाेइडेन्स सिस्टम, साइड पार्किङ वार्निङ र रिमोट इमोबिलाइजेसन जस्ता फिचर रहेको छ ।
नयाँ आयोनिकमा ८४ किलोवाट आवरको ठुलो ब्याट्री प्याक प्रयोग गरिएको छ, जुन अघिल्लो मोडलको भन्दा ठुलो हो । यसले एकपटक फुल चार्जमा करिब ६९० किलोमिटरसम्म यात्रा गर्न सक्षम छ साथै, ३५० किलोवाट डीसी फास्ट चार्जिङ प्रविधिले छोटो समयमा नै गाडी चार्ज गर्न सम्भव बनाएको छ ।
नयाँ आयोनिक ५ फेसलिफ्टको मूल्य करिब ५५ लाख ७० हजार भारु राखिएको छ ।
चीनीयाँ इभी जायन्ट बीवाईडीले यो वर्षको पहिलो तीन महिनामा कुल २ लाख ६४ हजार...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको अटोमोबाइल डिभिजन ईभी नेपाल मोटर्स...
भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...