बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हुन्डाई मोटर कम्पनी विश्वका अटोमोटिभ ब्रान्ड मध्ये टप ५ मा पर्न सफल भएको छ । कम्पनीको ग्लोबल ब्रान्ड भ्याल्यु बढ्दै गएर यो वर्ष सो स्थान हासिल गर्न सफल भएको हो । ब्रान्ड कन्सल्टिङ फर्म इन्टरब्रान्डले प्रकाशित गर्ने ‘बेस्ट ग्लोबल ब्रान्ड्स २०२०’ अनुसार हुन्डाईले सो स्थान हासिल गरेको हो ।
सर्वेक्षणका अनुसार हुन्डाईको ग्लोबल ब्रान्ड भ्याल्यु यो वर्ष १ प्रतिशत बढेर १४.३ बिलियन डलर पुगेको छ । त्यसैगरी समग्रमा यसको ब्रान्ड भ्याल्यु ३६औं नम्बर पुगेको छ । कोभिड–१९ प्यान्डेमिकको अवस्थामा पनि हुन्डाईको ब्रान्ड भ्याल्यु यसरी बढ्न पुगेको छ ।
इन्टरब्रान्डले प्रकाशित गर्ने टप ४० ग्लोबल कम्पनीमा हुन्डाई लगातार ६ वर्ष सम्म रहन सफल भएको छ । पहिलो पटक सन् २००५ मा टप १०० कम्पनीमा पर्न सफल हुन्डाई त्यस यता लगातार १५ वर्ष सम्म टप १०० मा पर्न सफल भएको छ ।
हुन्डाईले हाल इलेक्ट्रिक मोबिलिटी र हाइड्रोजन फ्युल सेल टेक्नोलोजीको क्षेत्रमा समेत विभिन्न योजना बनाएको छ । इलेक्ट्रिक मोबिलिटीका लागि ईभी ब्रान्ड आयोनिकमार्फत आगामी ४ वर्ष भित्रमा ३ नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । त्यसैगरी विश्वकै पहिलो मास–प्रोड्यस्ड फ्युल सेल हेभी ड्युटी ट्रक स्विट्जरल्यान्डका ७ जना ग्राहकलाई हस्तान्तरण गरिएको छ र यो वर्ष यस्ता ५० ट्रक सडकमा गुड्ने बताइएको छ । क्लिन मोबिलिटीका लागि आगामी दिनमा यस्ता धेरै गाडी विश्वका विभिन्न भागमा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
त्यसैगरी अर्वान एयर मोबिलिटी बिजनेसको रुपमा रोबोटिक्स, अटोनोमस ड्राइभिङ टेक्नोलोजी र अन्य फ्युचर मोबिलिटी बिजनेसको क्षेत्रमा यसले धेरै कार्य गर्ने योजना बनाएको छ । कोभिड–१९ को समयमा अनलाइन च्यानलमार्फत सवारी साधन बिक्री समेत बढाइरहेको छ ।
यी सबैका कारण हुन्डाईको ब्रान्ड भ्याल्यु बढ्न सफल भएको हुन्डाई मोटर कम्पनीका ग्लोबल चिफ मार्केटिङ अफिसर वोनहोङ चोले बताएका छन् । उनको कुरामा सहमत जनाउदै इन्टरब्रान्ड ब्रान्ड भ्याल्यु ग्लोबल डाइरेक्टर माइक रोचाले समेत फ्युचर मोबिलिटी बिजनेस र इलेक्ट्रिक भेइकल ब्रान्ड आयोनिकको घोषणा तथा अन्य विभिन्न कारणले हुन्डाईको ब्रान्ड भ्याल्यु बढ्न पुगेको बताएका छन् ।
इन्टरब्रान्डले प्रकाशित गरेको सूची अनुसार सबैभन्दा टप अर्थात नम्बर वानमा पर्न सफल अटोमोटिभ ब्रान्ड टोयोटा बनेको छ । यसको ब्रान्ड भ्याल्यु ५१.६ बिलियन छ । त्यसैगरी दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः मर्सिडिज बेन्ज, बीएमडब्ल्यु र होन्डा परेका छन् । यी कम्पनीको ब्रान्ड भ्याल्यु क्रमशः ४९.३ बिलियन, ३९.७६ बिलियन र २१.७ बिलियन छ ।
छैटौं देखि दशौं नम्बर सम्म क्रमशः टेस्ला, फोर्ड, औडी, फक्सवागन र पोर्श परेका छन् ।
कम्पनीको हालको आर्थिक र व्यावसायिक अवस्था तथा भविष्यको योजना र आम्दानी समेतलाई दृष्टिगत गरी इन्टरब्रान्डले विभिन्न कम्पनीको ब्रान्ड भ्याल्यु निकाल्ने गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...