बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सन् २०२१ को इन्डियन कार अफ द इयर (आईकोटी) अवार्डबाट तेस्रो पुस्ताको हुन्डाई आई२० सम्मानित भएको छ । हुन्डाई आई२० ले निर्णायकहरुबाट १०४ प्वाइन्ट प्राप्त गरेको थियो । सो पुरस्कारको दौडमा दोस्रो स्थानमा किया सोनेट र तेस्रो स्थानमा महिन्द्रा थार रहे । यी दुई कारले क्रमशः ९१ र ७८ प्वाइन्ट प्राप्त गरेका छन् ।
त्यसैगरी इलेक्ट्रिक कार सेगमेन्टमा टाटा नेक्सन ईभीले १०६ प्वाइन्ट प्राप्त गरी सबैभन्दा बढी सम्मान प्राप्त गरेको छ । यो सेगमेन्टमा हुन्डाई कोनाले ९९ प्वाइन्ट प्राप्त गरी दोस्रो र एमजी जेडएस ईभीले ९३ प्वाइन्ट प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेका छन् ।
प्रिमियम कार सेगमेन्टमा ल्यान्डरोभर डिफेन्डर, मर्सिडिज बेन्ज जीएलई र बीएमडब्ल्यु २ सिरिजले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।
आईकोटीलाई इन्डियन कार अवार्डको ‘ओस्कार’ अवार्ड पनि मानिन्छ । भारतका प्रतिष्ठित अटोमोटिभ पत्रकारहरुको समूहले विभिन्न विशेषताका आधारमा प्वाइन्ट प्रदान गरेका थिए र सबै प्वाइन्टलाई मिलाएर विजेता घोषणा गरिएको हो ।
यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिन्छ । स्टाइलिङ, भ्याल्यु फर मनी, टेक्निकल इनोभेसन, बिल्ड क्वालिटी, फ्युल इकोनोमी, पर्फमेन्स, प्राक्टिकालिटी जस्ता विभिन्न प्यारामिटरका आधारमा निर्णायक मण्डलले यो पुरस्कार सिफारिस गर्छ ।
यो भन्दा पहिले गत वर्ष हुन्डाई भेन्युले सो सम्मान पाएको थियो भने २०१९ मा सुजुकी स्विफ्ट, २०१८ मा हुन्डाई भरना र २०१७ मा सुजुकी भिटारा ब्रेजाले सो सम्मान पाएको थियो ।
पुरस्कृत कार हुन्डाई आई२० नेपाली बजारमा भने उपलब्ध छैन । यद्यपि सो कार छिट्टै नै नेपाली बजारमा ल्याउने तयारी भइरहेको नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...