देशभरका सोरुममा शुरु भयो हुन्डाई एक्सचेन्ज, प्रशस्तै छुटका साथ नयाँ हुन्डाई गाडी पाइने

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि देशभर हुन्डाई एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ ।

आगामी फागुन २ सम्म चल्ने सो योजनामा गाडी एक्सचेन्ज गर्नुका साथै उच्चत्तम मूल्यांकन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस र १ लाख ४० हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस उपलब्ध हुने बताइएको छ । त्यसैगरी ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सेल्स एन्ड मार्केटिङ तर्फका महाप्रवन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताउँदै यो देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताए ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेन्ज क्याम्पलाई निरन्तरता दिएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...