हुन्डाईले ल्याउँदै छ सबैभन्दा सस्तो माइक्रो एसयूभी, यस्ता छन् ५ विशेषता

ग्राहकहरुलाई आकर्षण गर्नको लागि हुन्डाईले सस्तो एसयूभी लन्च गर्ने भएको छ । एएक्स१ कोडनेम दिइएको सो माइक्रो एसयूभी भारतको विभिन्न स्थानमा गरिएको परीक्षणमा देखा परेको थियो । उक्त नयाँ माइक्रो एसयूभीको ५ विशेषता यस्तो रहेको छ ।

डिजाइन
हुन्डाई एएक्स१ मा हाई राइडिङ कद हुनेछ । साथै एक बक्सी सिल्हुट पनि समावेश गरिनेछ । परीक्षणको समयमा देखा परेको सो एसयूभीमा फंक्सनल रुफ रेल, डायमन्ड कट अलोय ह्विल र एलईडी टेलल्याम्प समावेश गरिएको छ ।

पावरट्रेन
सो माइक्रो एसयूभी स्यान्ट्रोमा जस्तै के१ प्लेटफर्ममा आधारित हुनेछ । साथै ग्रान्ड आई१० निओस र नेक्स्ट जेनेरेसन आई२० मा जस्तै १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिनेछ । सो इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ । एएक्स१ सम्भवतः ५ स्पिड म्यानुअल ट्रान्समिशनको साथ अप्सनल अटोमेटिकको साथमा प्रस्तुत गरिने छ ।

फिचर
सो एसयूभीमा एलईडी डिआरएल, एन्ड्रोइड अटो र एपल कारप्ले कनेक्टिभिटीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्रि र हाइट एडजस्टेबल ड्राइभर सिट हुने अनुमान गरिएको छ ।

मूल्य
हुन्डाई माइक्रो एएक्स१ को मूल्य सम्भवतः ५ लाख ५ हजार देखि ८ लाख ५ हजार भारु बीच हुनेछ । सो एसयूभी भारतमा सबैभन्दा सस्तो एसयूभी हुनेछ ।

प्रतिस्पर्धा
हुन्डाई एएक्स१ माइक्रो एसयूभीको मारुती सुजुकी इग्निसको साथै महिन्द्रा केयूभी१०० एनएक्सटीसँग प्रतिस्पर्धा हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...