हुन्डाईद्वारा विर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडाैं - नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ ।

भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको बताइएको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो।

कम्पनीका अनुसार नयाँ क्रेटा इलेक्ट्रिक गाडीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ। धेरै मानिसलाई ईभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ।

हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु नपर्ने बताएको छ। हुन्डाईका ग्राहकहरुले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउने कम्पनीकाे भनाइ छ ।

यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैं पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले विर्तामोडको हुन्डाई डिलर अलायन्स मोटर्समा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेषगरी क्रेटा ईभी सार्वजनिक गरिएको छ। यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका छन्।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी साधनको कर यथावत राखेर अर्थमन्त्री पौडेलले दिए सरप्राइज

विद्युतीय सवारी साधनको कर यथावत राखेर अर्थमन्त्री पौडेलले दिए सरप्राइज

काठमाडौं– सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत...

विद्युतीय गाडी ‘स्काइवेल’ भित्र्याएको जी मोटर्सको घोषणा, मूल्य १ करोड ९ लाख, रेन्ज ६२० किमी

विद्युतीय गाडी ‘स्काइवेल’ भित्र्याएको जी मोटर्सको घोषणा, मूल्य १ करोड ९ लाख, रेन्ज ६२० किमी

काठमाडौँ – लामो समयदेखि सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक...

आगामी बजेटमार्फत ईभीमा कर बढ्ने संकेत, कस्तो पर्ला असर ?

आगामी बजेटमार्फत ईभीमा कर बढ्ने संकेत, कस्तो पर्ला असर ?

आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी अर्थात ईभीमा फेरि पनि कर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...