बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कार बजारमा विभिन्न नयाँ प्रविधि आउने क्रम जारी छ । पछिल्लो समयमा इलेक्ट्रिक गाडी चर्चित भइरहेको समयमा हाइब्रिड गाडीको प्रयोग पनि बढ्दै छ ।
भविष्यमा यी दुई प्रविधिका गाडी बीच प्रतिस्पर्धा हुने देखिएको छ । हाइब्रिड कार इलेक्ट्रिक कार भन्दा फरक हुन्छन् तर ती कार साधारण डिजेल पेट्रोल कार भन्दा कम महँगो हुन्छ । साथ साथै प्रदूषण पनि कम गर्छ ।
यदि तपाईं पनि यस्तै सस्तो कार किन्ने विचार गर्दै हुनुहुन्छ भने इलेक्ट्रिक कार र हाइब्रिड कारमा भिन्नता बुझ्नु जरुरी छ ।
इलेक्ट्रिक कार
इलेक्ट्रिक कार एक पावरफुल इलेक्ट्रिक मोटरबाट संचालित हुन्छ । इलेक्ट्रिक कारले कति रेन्ज दिन्छ त्यो व्याट्रीको क्षमतामा निर्भर हुन्छ । विशेषगरी इलेक्ट्रिक कार सामान्य कार भन्दा केही महँगो छ । यद्यपि आउने समयमा इलेक्ट्रिक कार सस्तो हुने विश्वास गरिएको छ ।
इलेक्ट्रिक कार एक पटकको फुल चार्जमा १५० देखि ३०० वा त्यो भन्दा पनि बढी दुरी तय गर्ने क्षमताको रहेको छ । यदि इलेक्ट्रिक कार फास्ट चार्जिङ सपोर्ट छ भने २ देखि ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ । इलेक्ट्रिक कारले प्रदूषण पनि गर्दैन ।
हाइब्रिड कार
हाइब्रिड कार फ्युल इन्जिन र इलेक्ट्रिक मोटरको मदतले पावर जेनेरेट गर्छ । यसमा फ्युल इन्जिनको साथै एक इलेक्ट्रिक मोटर पनि हुन्छ । यसको अर्थ कारमा फ्युल सकिदा पनि इलेक्ट्रिक मोटरको मदत केही किलोमिटरको दुरी तय गर्न सकिन्छ । इलेक्ट्रिक मोटरको साथै कम क्षमताको व्याट्री पावर दिनको लागि व्यवस्था गरिएको हुन्छ ।
हाइब्रिड कारले इलेक्ट्रिक मोटरको सपोर्टको साथमा काम गरेको हुन्छ । यहि कारणले गर्दा यसले प्रदूषण कम गर्छ । हाइब्रिड कारले माइलेज पनि बढी दिन्छ । हाइब्रिड कारमा कैयौ विकल्प पनि हुन्छ । जसमा माइल्ड हाइब्रिड, प्लग इन हाइब्रिड र नर्मल हाइब्रिड रहेको हुन्छ ।
यो पनि पढ्नुहोस के हो हाइब्रिड कार ? सामान्य कार भन्दा के फरक छ हाइब्रिड कार ?
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...