इलेक्ट्रिक सवारी साधनको सर्भिसिङ कसरी गरिन्छ ? इन्जिन र जटिल पार्ट्स नभए पनि के मा हुन्छ खर्च ?

इलेक्ट्रिक सवारी साधन अर्थात ईभीले प्रदूषण कम गर्ने र सर्भिसिङको लागि पनि कम लागत लाग्ने भएकाले यसको लोकप्रियता पछिल्लो समय निकै बढेको छ । यद्यपि इलेक्ट्रिक कारमा न त इन्जिन हुन्छ न त कार जस्तै कम्बसन इन्जिन र जटिल पार्ट्स । त्यसो भए इलेक्ट्रिक कारको सर्भिसिङमा के खर्च हुन्छ त ?

इलेक्ट्रिक कारको सर्भिसको बेला के के जाँच गरिन्छ र पार्टपुर्जाको लाइफ कस्तो हुन्छ भन्ने वारेमा थाहा पाउनु उपयुक्त हुन्छ । यसका लागि इलेक्ट्रिक भेइकलले कसरी काम गर्छ र यसको कुन पार्ट्समा हामीले ध्यान राख्नु आवश्यक हुन्छ भन्ने वारेमा थाहा हुनु आवश्यक हुन्छ ।

यसका लागि सर्भिसिङ गर्दा के चेकजाँच गरिन्छ र कुन पार्ट्सको लाइफ कति हुन्छ भन्ने वारेमा समेत थाहा हुनु राम्रो हुन्छ ।

इलेक्ट्रिक कारमा यसकारण बच्छ पैसा

इलेक्ट्रिक कारमा इन्जिन नहुने भएकाले यसमा इन्जिनसँग सम्बन्धित कुनै पनि प्रकारको मर्मतसम्भार जस्तै ः इन्जिन आयल, फिल्टर, एयर फिल्टर, कूलेन्ट आदिमा खर्च बचत हुन्छ ।

इन्जिन नहुने भएकाले यसको वजन पनि कम हुन्छ र सस्पेन्सनमा पनि त्यति भार पर्दैन । जसले गर्दा इलेक्ट्रिक कारको सस्पेन्सनको आयु सामान्य कारको तुलनामा ४ गुणा लामो हुन्छ ।

इलेक्ट्रिक कारमा नगण्य मात्रामा भाइब्रेसन हुने हुनाले कारको बडीमा धेरै क्षति पनि हुँदैन । अन्य कार जस्तो केही समय पछि कारको ढोका वा प्यानलबाट आउने आवाज पनि आउदैन । यसबाट डेन्टर खर्च पनि बचत हुन्छ ।

ईभी कारका टायर अन्य कारको तुलनामा धेरै लामो समयसम्म टिक्छ । यसको कारण पनि खर्चमा बचत हुन्छ ।

कहाँ हुन्छ खर्च ?

ईभीमा कम्बसन इन्जिन नभए पनि यसको ब्याट्री, किट र ड्राइभ मोड्युल हुन्छ । यस्ता पार्ट्सको लाइफ धेरै हुने भए पनि बिग्रिएमा भने लाखौंसम्मको खर्च हुन सक्छ ।

ईभीको ब्याट्रीको आयु लगभग ७ देखि ८ वर्षको हुन्छ । सो समय पछि ईभी कारको ब्याट्रीको लागि लाखौ रुपैयाँ लाग्ने अनुमान गर्न सकिन्छ ।

ईभी कारको ब्रेक प्याड, डिस्क र स्टेयरिङ पनि अन्य कार जस्तै सर्भिसिङ गर्नुपर्छ । साथै एसीको सर्भिस पनि सामान्य कारमा जस्तै गरिन्छ ।

ईभी कारमा धेरै मात्रामा वायरिङ हुने हुनाले बाहिरबाट इलेक्ट्रिक फिटिङ गर्नुहुँदैन । यदि कुनै कारणवश कारको तारमा केही खराबी आएमा लाखौं खर्च हुन सक्छ ।

सम्बन्धित समाचारहरू

नयाँ मापदण्ड आएपछि भारतीय इभी उत्पादक समस्यामा, उत्पादन प्रभावित हुने चिन्ता

नयाँ मापदण्ड आएपछि भारतीय इभी उत्पादक समस्यामा, उत्पादन प्रभावित हुने चिन्ता

भारत सरकारले इलेक्ट्रिक भेइकलमा प्रयोग हुने व्याट्री र अन्य सामाग्रीको...

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको भारतीय कम्पनी कोमाकीको क्रुजर...

१०० किलोवाट बीवाईडी एट्टो ३ को मूल्य १ लाख मात्र बढ्यो, अन्य मोडलको समेत मूल्य सार्वजनिक

१०० किलोवाट बीवाईडी एट्टो ३ को मूल्य १ लाख मात्र बढ्यो, अन्य मोडलको समेत मूल्य सार्वजनिक

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...