होन्डाको पहिलो इलेक्ट्रिक बाइक डब्ल्युएन७ बजारमा प्रवेश

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन७ प्रस्तुत गरेको छ । कम्पनीले सन् २०४० सम्म आफ्ना सम्पूर्ण मोटरसाइकललाई कार्बन-न्यूट्रल बनाउन लक्ष्य लिएको छ र सो नयाँ बाइक त्यस दिशातर्फको ठोस कदम मानिएको छ।

डब्ल्युएन७ को पनि विशेष अर्थ रहेको छ । डब्ल्युले  बी दी विन्ड अर्थात् हावासँग दौडने भावनालाई जनाउँछ भने एनले नेकेड प्रकारको बाइकलाई संकेत गर्छ । त्यस्तै ७ ले बाइकको शक्ति र आउटपुट क्लासलाई जनाउँछ।

होन्डाको फन श्रेणीअन्तर्गत आएको डब्ल्युएन७ गत वर्ष ईआईसीएमए २०२४ मा देखाइएको ईभी फन अवधारणाको उत्पादन संस्करण हो। यसलाई विशेषत: वातावरणमैत्री र शक्तिशाली प्रदर्शन चाहने सवारको लागि डिजाइन गरिएको छ। सो बाइकले एक पटक फुल चार्जमा १३० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। यसमा सीसीएस३ फास्ट चार्जिङ सिस्टमले ३० मिनेटमै २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । घरको सामान्य चार्जिङबाट ३ घण्टाभन्दा कममै फुल चार्ज गर्न सकिन्छ ।

परफर्मेन्सको हिसाबले डब्ल्युएन७ लाई ६०० सीसी पेट्रोल इन्जिन बराबरको शक्ति भएको भनिएको छ। यसको टर्क क्षमता भने १००० सीसी पेट्रोल बाइकसँग तुलना गर्न सकिन्छ  । यसमा ५ इन्चको टीएफटी स्क्रिन जडान गरिएको छ । यसमार्फत नेभिगेसन, कल र सूचनाहरू सहजै हेर्न सकिन्छ।

सम्बन्धित समाचारहरू

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले...

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक, सम्पर्क राख्न कम्पनीको आग्रह

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक, सम्पर्क राख्न कम्पनीको आग्रह

नेपाली बजारमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

ईभी इन्टरनेश्नल शोमा लुयानको एमएनके–३ स्कुटर खरिद गर्दा २० हजार नगद छुट पाइने

ईभी इन्टरनेश्नल शोमा लुयानको एमएनके–३ स्कुटर खरिद गर्दा २० हजार नगद छुट पाइने

दुई दिनपछि काठमाडौंंमा शुरु हुने नेपाल ईभी इन्टरनेश्नल शोमा लुयानको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...