होन्डा साइनको नयाँ रेकर्ड, ९० लाख युनिट बिक्री

होन्डाको लोकप्रिय कम्युटर बाइक साइनले एक नयाँ बेन्चमार्क स्थापित गरेको छ । भारतीय बजारमा १२५ सीसी मोटरसाइकल सेगमेन्टमा साइनले ९० लाख युनिट बिक्री भएर नयाँ रेकर्ड कायम गरेको हो । भारतमा सो बाइक सन् २००६ मा लन्च गरिएको थियो ।

कम्पनीका अनुसार होन्डा साइनले १२५ सीसी सेगमेन्टको बाइकमा ३० प्रतिशत बजार हिस्सा ओगटेको छ । नोभेम्बर २०१९ मा होन्डा साइन ७५ हजार १४४ युनिट बिक्री भएको थियो । सो बाइकको बिक्री २०२० नोभेम्बरमा ९४ हजार ४१३ युनिट बिक्री भएको थियो ।

होन्डा साइन बाइक निकै लोकप्रिय रहेको छ । सो बाइक लन्च गरेको ५४ महिनामा नै १० लाख युनिट बिक्री गरेको थियो । सन् २०१८ मा सो बाइकको बिक्री ७० लाख युनिट पुगेको थियो ।

समय क्रममा सो बाइकमा केही सुधार समेत गरिएको छ । नयाँ अवतारमा साइन बाइक बीएस६ नर्म्स भएको १२५ सीसी पीजीएम–एफआई एचईटी इन्जिन समावेश गरिएको छ । हाल यसमा इन्हेन्स्ड स्मार्ट पावर लेस रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...