होन्डाले लन्च ग-यो स्क्र्याब्लर भर्सनको नयाँ बाइक

होन्डाले भारतमा आज होन्डा सीबी३५० आरएस स्क्र्याम्बलर लन्च गरेको छ । यसको मूल्य १ लाख ९६ हजार भारु तोकिएको छ ।

होन्डाले गत वर्षको अन्त्यमा लन्च गरेको सीबी३५० को विस्तारित भर्सन नै यो बाइक हो र यी दुवै बाइकमा धेरै समानता पनि छन् । दुवै बाइकले हाफ–डुपलेक्स क्र्याडल प्लेटफर्मलाई साझा गरेका छन् । यद्यपि हालको मोडल पहिले भन्दा थप स्पोर्टी छ भने यसको मुख्य आकर्षणमा टक र रोल सिट, ड्युअल टोन फ्युल टयांक, एलईडी टेलल्याम्प र फ्रन्ट फोर्क तथा अन्डरसिटमा बुट आदि छन् ।

यी वाहेक सो मोटरसाइकलमा स्पोर्टी ग्रयाबरेल, स्किड प्लेट, वाइड प्याटर्न टायर तथा दुवैतिर सार्प एलईडी टर्न इन्डिकेटर आदि छन् । डिजिटल एनालग इन्स्ट्रयुमेन्टमा ब्याट्री भोल्टमिटर रिडिङ, गियर पोजिसन इन्डिकेटर, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल (एचएसटीसी) र हिट सिल्डका साथ ब्ल्याक फिनिसिङ एक्जस्ट सिस्टम दिइएको छ ।

पावरका लागि मोटरसाइकलमा ३४८.३६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २१ एचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा एक स्लिपरका साथ फाइभ स्पिड ट्रान्समिसनका साथ जोडिएको छ ।

बाइकमा एलईडी हेडल्याम्प, टेलल्याम्प र इन्डिकेटर, अलोय ह्विल, १५ लिटरको इन्धन ट्यांकी र ड्युअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् ।

भारतमा होन्डा सीबी३५० लन्च भए पश्चात यो सेगमेन्टमा राम्रो प्रतिक्रिया प्राप्त भएको छ । नेपाली बजारमा पनि यो बाइक ल्याउने तयारी भइरहेको होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बताएको छ ।

होन्डाले धेरै दिन देखि यो बाइकको टिजर सार्वजनिक गरिरहेको थियो र धेरैले फरक फरक अनुमान गरिरहेका थिए । अब भने यो स्क्र्याम्बलर मोडल हो भन्ने प्रमाणित भएको छ । यो मोटरसाइकलप्रति ग्राहकको कस्तो प्रतिक्रिया हुन्छ, त्यो भने भविष्यले नै देखाउने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...