टाटा सिएरा ईभी संस्करणमा आउने
टाटा मोटर्सले मिड साइज एसयूभी टाटा सिएराको ईभी भेरिएन्ट छिट्टै बजारमा...
होन्डाले चीनको साङ्घाईमा भएको चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा नयाँ ईःएन२ कन्सेप्टको खुलासा गरेको छ । होन्डाले यो भन्दा पहिले नै गत वर्ष ईःएनएस१ र ईःएनपी१ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिसकेको छ । अब होन्डाले ल्याउने ईःएन२ कन्सेप्ट चाहिं एचआर भीमा आधारित छ ।
कम्पनीले आगामी ५ वर्षमा चीनमा कम्तीमा १० वटा इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । कम्पनीले सन् २०३० सम्ममा विश्वव्यापी रूपमा ३० वटा ईभी मोडल लन्च गर्ने योजना बनाएको छ ।
होन्डा ईःएन२ को एक्सटेरियर डिजाइनमा शार्प स्टाइलको इलिमेन्टस् र क्यारेक्टर लाइन छ । इन्टेरियर डिजाइन पूर्ण रूपमा चालकसँग केन्द्रित छ ।
सो कार इन्टेलिजेन्स कन्ट्रोल इकोसिस्टम र इलेक्ट्रिक आर्किटेक्चरले सुसज्जित छ । ईएमएन आर्किटेक्चर अफ अटोमेकर पुर्णतया इलेक्ट्रिक साधनको लागि शक्तिशाली इलेक्ट्रोनिक कन्ट्रोल कम्प्युटिङको साथमा ड्राइभिङ वातावरणको लागि डिजाइन गरिएको हो ।
होन्डाले ईभी कन्सेप्टसँगै एड्भान्स सेफ्टी ड्राइभिङ असिस्ट होन्डा सेन्सिङ ३६० पनि लन्च गरेको छ । यो अगाडि देखिने सेन्सर क्यामेरा र ५ एमएम वेभ रडार, ३६० डिग्री वरपर सेन्सिङसँग जोडिएको छ । यसले चार दोबाटोमा दुर्घटनाहरूबाट बच्न मद्दत गर्नेछ ।
टाटा मोटर्सले मिड साइज एसयूभी टाटा सिएराको ईभी भेरिएन्ट छिट्टै बजारमा...
काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’...
नेपाली बजारमा हालै प्रोटोनको नयाँ ईभी ईमास ७ भित्रिएको छ । मलेसिया पछि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...