होन्डा हाइनेस सीबी ३५० र रोयल इन्फिल्ड क्लासिक ३५० मा यस्तो छ फरक

भारतमा होन्डाले होन्डा हाइनेस सीबी ३५० सार्वजनिक गरेसँगै बजारमा यसको प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५० सँग हुने अनुमान छ ।  रेट्रो स्टाइलमा उत्पादन भएको हाइनेस सीबीले पछिल्लो समय बजारमा सर्वाधिक बिक्री हुने रोयल इन्फिल्ड क्लासिक ३५० सगँ प्रतिस्पर्धा गन

यी दुई बाइक बीच विभिन्न विशेषता छन् ।

मूल्य
होन्डाले बजारमा होन्डा हाइनेस सीबीको मूल्य १ लाख ९० हजार भारु राखेको छ । त्यस्तै बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० को मुल्य १ लाख ६७ हजार भारु छ ।

इन्जिन
हाइनेस सीबीमा ३४८.३६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै रोयल इन्फिल्डमा ३४६ सीसी छ, जसले ५,५०० आरपीएममा १९.१ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।

फिचर्स
झट्ट हेर्दा होन्डाको हाइनेस सीबी सानो छ । तर पूर्णतः मेटल बडीका कारण हेभी छ । जसको तौल १ सय ८१ किलोग्राम छ । बाइकमा  स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम छ । बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ । १७ इन्चको अलोय ह्विलका साथ ट्युबलेस टायर छ । दुवै पांग्रामा डिस्क ब्रेक छ । यो बाइक दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध छन् ।

त्यस्तै रोयल इन्फिल्ड क्लासिक ३५० पनि आफ्नै फिचर्सको कारण बजारमा लोकप्रिय छ । यसका पनि विभिन्न भेरियन्टमा बाइकहरु उपलब्ध छन् । १९ इन्चको ह्विलको साथ फ्रेट टायर छ । जसको इन्धन क्षमता १३.५ लिटर छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...