बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
होन्डा टु ह्विलर स्कुटर एक्टिभाले सबैभन्दा बढी बिक्री भएर इतिहास रचेको छ । हालसम्म होन्डा कम्पनीले भारतीय बजारमा २ करोड ५० लाख युनिट बिक्रीको आँकडा पार गरेको छ ।
जापानी निर्माता कम्पनी होन्डाले सन् २००१ मा एक्टिभा प्रस्तुत गरेको थियो । सो स्कुटरमा १०२ सीसी इन्जिन समावेश गरिएको थियो । कम्पनीले केवल ५५ महिनामा १० लाख भन्दा बढी स्कुटर बिक्री गरेको थियो । केही समय पछि कम्पनीले ११० सीसी इन्जिनको साथमा सो स्कुटर लन्च गरेको थियो ।
दोस्रो पिढीको साथमा एक्टिभामा पहिलो पटक कम्बी ब्रेक सिस्टम समावेश गरिएको थियो । सन् २००८/०९ मा नियमित आधारमा हरेक महिना ५० हजार युनिट बिक्री भएको थियो भने २०१२/१३ मा कुल बिक्रीको आँकडा ५० लाख पार गरेको थियो । सो समयमा स्कुटर मासिक बिक्री १ लाख युनिट प्रति महिना पुगेको थियो । सन् २०१४/१५ मा एक्टिभा १२५ सीसी इन्जिनको साथमा लन्च गरिएको थियो ।
सन २०१५/१६ सम्ममा होन्डा एक्टिभा १ करोड भन्दा बढी युनिट बिक्री भइसकेको थियो । २०१७/१८ मा एक्टिभा ५जी नयाँ डिलक्स एडिसनको साथमा लन्च गरेको थियो । जसमा एलईडी हेडल्याम्प र टेलल्याम्प, डिजिटल एनालग मिटर र सिट ओपनर स्विचको साथ ४ इन १ लक थियो ।
भारतमा बीएस६ मानक घोषणा पछि बीएस ६ स्कुटर लन्च भएको थियो । एक्टिभा ६जी १३ प्रतिशत भन्दा बढि माइलेज र १२५ सीसी एडिसनको साथमा लन्च गरिएको थियो । साथै सो बाइकमा पेटेन्ट एसीजी स्टार्टर मोटर, टम्बल फ्लो टेक्नोलोजी, आइडलिङ स्टार्ट स्टप सिस्टम, साइड स्ट्यान्डर्ड इन्डिकेटर र बैकल्पिक ६ वर्ष विस्तारित वारेन्टी दिइएको छ ।
होन्डाले भारतमा एक्टिभा लन्च गरेको २० वर्ष पुरा भइसकेको छ । सोही अवसरमा कम्पनीले एक्टिभाको २० औं एनिभर्सरी एडिसन लन्च गरेको छ । जसमा नयाँ भिजुअल अपडेट र नयाँ पेन्ट स्किम समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...