निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै आएको छ।

ग्रामीण किसानका उत्पादन र ललितपुरस्थित धापाखेलमा फार्ममा उत्पादन गरिएको ताजा तरकारी, फलफूलसँगै लोकल कुखुराको मासु, भाग लगाएको मासु समेत डेलिभरी गरिरहेको ई फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए।

‘कोभिडका कारण अहिले सिमित अवधीमा खुल्ने पसलमा झन् भिडभाडले जोखिम बढाएको छ,’ श्रेष्ठ थप्छन् ‘यो बेला उपभोक्तालाई जोखिम मोलेर भिडभाडमा जान नपरोस् भनेर हामीले सुरक्षा सावधानी अपनाउँदै घरैमा डेलिभरी गरि सहज बनाएका छौँ ।’

विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ। तर निषेधाज्ञाले गर्दा माग हुँदाहुँदै पनि बिकट गाउँका उत्पादन राजधानी ल्याउन नसकिएको श्रेष्ठ बताउँछन् ।

इ फार्मको वेबसाइट (www.efarm.live) मार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ । अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ई फार्मले जनाएको छ । बिल तिर्न इसेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ ।

विदेशमा भएकाले आफ्नो आफन्तको लागि सपिङ गर्न सकुन भनेर पे पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए।

कोभिडका कारण अर्थतन्त्र शिथिल भएको बेला सरकारले मापदण्ड बनाएर ई-कमर्स कम्पनीहरुलाई प्रोत्साहन गरे अर्थतन्त्रलाई टेवा पुग्ने ई-फार्मका अर्क संस्थापक अर्जुन पुरी बताउँछन् ।

वर्षौदेखि किसानले आफ्नो उत्पादनको उचित मुल्य नपाउने र ग्राहकले चर्को मुल्यमा किन्नु पर्ने समस्या तथा किसान र ग्राहक विचको विचौलियालाई निरुत्साहित गर्न ई फार्मले सहयोग गर्ने गरेको श्रेष्ठले बताए ।

ई-फार्मले किसानसँग जोडिएका हरेक सामाग्रीहरुलाई बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको श्रेष्ठले बताए। आफ्नो उत्पादन ई फार्म मार्फत बेच्न चाहने किसानले ९८०१८५५५०५ मा सम्पर्क गर्न सक्नेछन्।

सम्बन्धित समाचारहरू

अटो व्यवसायी र ट्राफिक प्रहरीले बाँडे मास्क

अटो व्यवसायी र ट्राफिक प्रहरीले बाँडे मास्क

काठमाडौं – ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो, नेपाल अटो...

हाम्रै नेपालमा : रेल र कार ठोक्किएपछि…

हाम्रै नेपालमा : रेल र कार ठोक्किएपछि…

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक...

चोरी भएका ४६७ दुई पांग्रे सवारी खोजी गरी प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

चोरी भएका ४६७ दुई पांग्रे सवारी खोजी गरी प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...