बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भरतपुर–हिमालयन राइडर्सले भरतपुरदेखि चितवनसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प्लोर रुकुम’ नारासहित यही जेठ १४ देखि १७ गतेसम्म ७ सय ६९ किलोमिटर मोटर साइकल यात्रा गरेको हो ।
सेन्ट्रल कलेजको परिसर भरतपुरबाट सुरु भएको राइड मुग्लिङ, पोखरा, कुश्मा, बागलुङ, गल्कोट, रुद्रवेणी, बुर्तिवाङ, पाटिहाल्ने, लुगुम, महतगाउँ, रुकुमकोट, तकसेरा, पाल्पाको रानीमहल अवलोकन पश्चात् कालीगण्डकी करिडोर, गैँडाकोट हुँदै नारायणी नदि किनारमा पुगेर सम्पन्न भएको हो ।
सहभागी २४ यात्रीले विभिन्न स्थानको ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा वस्तुस्थितिबारे जानकारी लिएका छन् । नयाँ ठाउँको अवलोकन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न मोटरसाइकल यात्रा गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए ।
यात्राले सहभागीलाई आफ्नो देशको भौगोलिक अवस्थाबारे जानकारी गराउनुका साथै व्यवसायमा ऊर्जा थपिएको र यो यात्रा सोँचेभन्दा राम्रोसंग सम्पन्न भएको सह–संयोजक मोहन केसीले जानकारी दिए ।
‘यात्रा अवधीभर सहभागीले नयाँ कुराको ज्ञान हासिल गर्नुभएको छ’ उनले भने,–‘नयाँ गन्तव्यमा यात्रा गर्दै त्यहाँको बारेमा जानकारी लिन पाउँदा सहभागीहरु सन्तुष्ट हुनुहुन्छ, यस्ता कार्यक्रमलाई आगामी दिनमा अगाडि बढाउँदै जानेछौँ ।’
संयोजक श्रेष्ठले यात्रा सफल बनाउन विभिन्न स्थानबाट सहजीकरण गर्ने व्यक्ति, संघ संस्था, जनप्रतिनिधि, अटोमोबाइल व्यवसायी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
रूकुम लगायत नेपालका हिमाली क्षेत्रले पर्यटनका लागि अथाह सम्भावना बोकेकाले ती क्षेत्रहरूको प्रचार–प्रसार जरूरी रहेको श्रेष्ठले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...