हिमालयन राइड विथ मिसिलिन टायर सम्पन्न

काठमाडौं – मिसिलिन टायरको नेपालस्थित आधिकारिक बितरक सिप्रदी अटो पार्ट्स र काठमाडौस्थित बिक्रेता लिजेन्डरी गियर्सले आयोजना गरेको पहिलो हिमालयन राइड विथ मिसिलिन टायर सम्पन्न भएको छ ।

ललितपुरको जावलाखेलस्थित बाइकर डिपोबाट शुरुवात गरिएको उक्त राइडको सिप्रदी अटो पार्ट्सका महाप्रबन्धक युवराज बुढाथोकीले उद्घाटन गरेका थिए ।

नयाँ बर्ष २०७८ को अवसर पारी आयोजना गरिएको उक्त राइडमा सहभागी राइडरले पोखराका विभिन्न स्थानहरुको भ्रमण तथा अबलोकन गरी होटल बाटिकामा २ रात बिताएका थिए । साथै उक्त अवसरमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

राइडमा केटीएम ड्युक, बजाज डोमिनार, रोयल इन्फिल्ड, होन्डा सीआरएफ, यामाहा एमटी र सुजुकी जिक्सर सहित १० वटा बाइकमा ११ जना राइडर सहभागी भएका थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...