फेरि आयो हिरोको बाइक एक्सपल्स २००टी, सेगमेन्टमै बन्यो सबैभन्दा सस्तो

हिरो मोटोकर्पले भारतमा हिरो एक्सपल्स २००टी बाइक बीएस६ भर्सनको साथमा लन्च गरेको छ । जसको एक्स शोरुम मूल्य १ लाख १२ हजार भारु रहेको छ । सो बाइकको डिजाइनमा केही परिवर्तन गरिएको छैन । यद्यपि सो बाइकमा बीएस६ अपडेट गरिएको छ । एक्सपल्स २००टी बाइक एक्सपल्स सिरिजको हिस्सा हो र यसमा लोकप्रिय एक्सपल्स २०० एड्भेन्चर र २०० सीसी रेन्जमा एक्सट्रिम २०० एस फेयर पनि समावेश रहेको छ । २०२१ हिरो एक्सपल्स २००टी तीन कलर स्किम मेट शिल्ड गोल्ड, प्यान्थर ब्ल्याक र स्पोर्ट रेडमा उपलब्ध रहेको छ । फिचरको रुपमा सो बाइकमा एलईडी हेडल्याम्प, ब्लुटुथ कनेक्टिभिटी कल अलर्ट र टर्न वाई टर्न नेभिगेसन, एलईडी टेलल्याम्प, १७ इन्चको अलोय ह्विल, अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश रहेको छ । सो बाइकमा १७७ एमएम ग्राउन्ड क्लियरेन्स, १३ लिटरको फ्युल ट्यांक क्षमता, ७९९ एमएमको सिटको उचाई र १५४ किलोग्रामको तौल रहेको छ । पावरको लागि सो बाइकमा १९९.६ सीसीको सिंगल सिलिन्डर आयलकुल्ड टु भ्यालु इन्जिन समावेश गरिएको छ । जसले ८५०० आरपीएममा १८.१ पीएसको पावर र ६५०० आरपीएममा १६.१५ एनएमको टर्क जेनेरेट गर्छ । पावरट्रेनलाई ५ स्पिड ट्रान्समिसनको साथमा जोडिएको छ । सो बाइकमा बीएस६ अपडेटको साथमा टर्क कन्भर्टर समावेश गरिएको छ । सो बाइकमा ब्रेकिङको लागि २७६ एमएम फ्रन्ट डिस्क र २२० एमएम रियर डिस्क सिंगल च्यानल एबीएस सिस्टम रहेको छ । जबकि सस्पेन्सनको लागि ३७ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क्स र ७ स्टेप रियर मोनोसक रहेको छ । बाइकको १७ इन्चको रिममा १००÷८० सेक्शनको फ्रन्ट टायर र १३०÷७० सेक्शनको रियर टायर समावेश गरिएको छ । भारतमा १ अप्रिल २०२० उत्सर्जन मानक बन्द भएयता हिरो मोटोकर्पले २००टी समयभन्दा पहिला नै बन्द गरेको थियो । सो बाइक एक वर्ष पछि फेरि बजारमा फर्किएको छ । यति मात्र होइन, २०० सीसी सेगमेन्टमा यो सबैभन्दा सस्तो बाइक समेत बनेको छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...