हिरो मोटोकर्पले भारतमा हार्ले डेभिड्सन बिक्रि गर्ने

अर्को महिनादेखी भारतमा उत्पादन बन्द गर्ने घोषणा गरेको हार्ले डेभिड्सनले अब उप्रान्त आफ्ना बाइक हिरो मोटोकर्प मार्फत बिक्री गर्ने तयारी थालेको छ । उत्पादन बन्द गरेपनि भारतीय बजारमा रहिरहनका लागि उसले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको उत्पादक कम्पनी हिरो मोटोकर्पसंग बाइक बिक्री गर्ने बिषयमा एक समझदारी गर्न लागेको हो । अर्को महिनाको अन्त्यसम्म उक्त समझदारी बनिसक्ने र त्यसयता हिरो मोटोकर्पले हार्लेको भारतीय बजार हेर्ने बताइएको छ ।

स्रोतका अनुसार हिरो मोटोकर्पले थाइल्यान्डबाट आयत हुने हार्ले बाइकलाई भारतीय बजारमा बिक्री गर्नेछ । भारतका बिभिन्न शहरमा हार्लेका ३३ वटा आउटलेट सञ्चालनमा छन् । ती आउटलेको ब्यवस्थापन र तीनलाई मोटरसाइकल उपलव्ध गराउने जिम्मा हिरोले लिन लागेको हो । हिरोले हार्लेको बिक्रेताका रुपमा काम गर्न चाहनुका पछाडी पछि गएर यो ब्रान्डसंग हुनसक्ने प्राविधिक साझेदारी पनि प्रमुख कारण हो । जुन बिषयमा अहिले यी दुई कम्पनीबिच छलफल चलिरहेको छ ।

भारतीय बजारमा हार्लेले स्ट्रिट ७५० र स्ट्रिट ५०० मोडलका बाइक उत्पादन गर्दै आइरहेको छ । जसमध्ये स्ट्रिट ५०० लाई उसले अन्तरष्ट्रिय बजारमा निर्यातका लागि मात्र उपलव्ध गराइरहेको छ । प्रिमियम बाइक सेग्मेन्टमा राम्रो बजार लिने अपेक्षासहित भारत आएको हार्लेले अपक्षा अनुसार कारोबार हुने नदेखेपछि भारतमा प्लान्ट बन्द गर्ने निर्णयमा पुगेको हो । प्लान्ट बन्द गर्ने निर्णय गरेपछि भारतभर यसको बिक्री नराम्रोसंग प्रभाबित बनेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...