काठमाडौं – नेपाली बजारमा हिरोको नयाँ बाइक हिरो हंक १५० आर भित्रिएको छ । नेपालमा हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले हिरो हंक १५० आर बाइक भित्र्याएको हो ।
नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्ने कम्पनीको भनाइ छ ।
हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । हंक १५०आर विशेष रूपमा केही विशेष फर्स्ट इन क्लास विशेषताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ ।
हिरो मोटोकर्पले नेपालभर आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको बताएको छ ।
उत्कृष्ट सवारी र ह्यान्डलिङ
१४९ सीसीको एयर–कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको कोर इन्जिनले १४.२ बीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ ।
नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्युबलर फ्रेम छ, जसले कुनामा र सिधा सडकहरूमा सटिक ह्यान्डलिङ र स्थिरता प्रदान गर्दछ । १३०/७० एमएम रेडियल रियर टायर सहित उपलब्ध हंक १५० आरले सडकमा राम्रो ग्रिप कायम गर्न सहयोग गर्छ ।
राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्ने गरि सामायोजित गरिएको छ । मोटरसाइकलमा फर्स्ट इन क्याटागोरी उत्कृष्ट ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजनयोग्य मोनो–सक सस्पेन्सन पनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रन्ट फोर्क्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
बेस्ट इन क्लास फिचर
मोटरसाइकलले धेरै सुरक्षाजन्य विशेषताहरूलाई समेटेको छ र यसमा फर्स्ट इन क्लास विशेषता रहेका छन् । बाइक सिंगल–च्यानल एबीएसबाट सुसज्जित छ जसले सुरक्षित बे्रकिङको सुनश्चिता गर्छ । नयाँ अलोय ह्विल डिजाइन, २७६ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक सबै किसिमका राइडिङ अवस्थाहरूमा कुशलता र तत्काल पावर रोक्नको लागि मानक विशेषताका रूपमा आएका छन् ।
उपयोगमा सहजता पहुँच प्रदान गर्नका डिजाइन गरिएको मोटरसाइकलमा स्पोर्टी डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डरसमेत रहेको छ । सेल्फ स्टार्ट बटन स्ट्यान्डर्डको रूपमा आउँछ भने थप सुविधाका लागि इन्जिन किल स्विच रहेको छ ।
डायनामिक डिजाइन र स्टाइल
हंक १५ आरको आक्रामक आवारण र मस्कुलर इन्धन ट्यांकको सानले राइडिङको व्याख्यान दिन्छ । यसको स्ट्राइकिङ अपिलमा थप्नको लागि चिसेल्ड रियर काउल, वल्फ आइ एलईडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलईडी लाइट गाईडसहित एलईडी टेललाईटले अन्धकारमा समेत पहिचान गर्न सजिलो बनाउँदछ । स्पोर्टी डाइनामिक ग्राफिक्सले एउटा अतुलनीय शैली प्रदान गर्ने डिजाइन लाइनहरूलाइ सक्रिय बताउछ ।
हिरो हंक १५० आर एनएच १ ब्ल्याक, स्पोट्स रेड र टेक्नो ब्लु गरी तीन कलरमा उपलब्ध छ । यो बाइकको मूल्य २ लाख ७९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।