दसैंमा आउन नसकेको बाइक हिरो एक्सट्रिम १६०आरको प्रतीक्षा

काठमाडौं – यस वर्षको दसैंमा नेपाली बजारमा आउने आशा गरिएको बाइक आउन सकेन । धेरै नेपाली राइडरहरुले यो बाइकको प्रतीक्षा गरिरहेका छन् ।

नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले फेस्टिभ सिजन भन्दा पहिले नै यो बाइक नेपाली बजारमा आउने बताए पनि आउन सकेन । नेपाल जनरल मार्केटिङ प्रालि स्रोतले छिट्टै नै यो बाइक नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।

भारतमा हिरो एक्सट्रिम १६०आर फेब्रुअरी २०२० मा सार्वजनिक भएको थियो । यसको लन्चिङ मार्चमा हुनु पर्ने थियो तर कोरोना भाइरसको कारणले ढिला भएको थियो ।

एक्सट्रिम १६०आर हिरो मोटोकर्पको पहिलो १६० सीसीको बाइक हो । सो बाइकमा नयाँ फिचर अल एलईडी लाइटिङ र साइड स्ट्यान्डर्ड इन्जिन कट अफ जस्ता फिचर रहेको छ ।

हिरो एक्सट्रिम १६०आर मा १६३ सीसीको इन्जिन समावेश छ । जसले ८५०० आरपीएममा १५ एचपीको पावर र ६५०० आरपीएममा १४ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकले मात्र ४.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घन्टाको स्पिड लिने कम्पनीको दावी रहेको छ । सो सेगमेन्टको हिसाबले तीव्र गति हो ।

हिरोको सो नयाँ बाइक डायमन्ड फ्रेम चेसिसमा आधारित रहेको छ । जसको कुल वजन १३८.५ किलोग्राम रहेको छ । यो सेगमेन्टमा सो बाइक हल्का बाइक हो । सो बाइकको फ्रन्टमा ३७ एमएम टेलेस्कोपिक फोर्क्स र रियरमा ७ स्टेप एड्जस्टेबल मोनोशक सस्पेन्शन समावेश गरेको छ । सो बाइकको फ्रन्टमा २७६ एमएम डिस्क ब्रेक रहेको छ । ड्युअल डिस्क भेरिएन्टमा रियरमा २२० एमएम डिस्क ब्रेक र सिंगल डिस्क भेरिएन्टको रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

सो बाइक यो सेगमेन्टमा शार्प लुक भएको बाइक हो । शार्प लाइन्स र एजको साथमा बाइक स्पोर्टी देखिन्छ ।

हिरो एक्सट्रिम १६०आर सिंगल डिस्क र डबल डिस्क गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो बाइकको मूल्य अन्य प्रतिस्पर्धि भन्दा सस्तो हुने कम्पनी स्रोतले बताएको छ । सो बाइकले टीभीएस अपाचे आरटीआर १६० ४भी, बजाज पल्सर एनएस१६०, सुजुकी जिक्सर र यामाहा एफजेडआई एफआईसँग प्रतिस्पर्धा गर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...