बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा हिरोको बहुप्रतीक्षित बाइक एक्सट्रिम १६०आर भित्रिएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले आधिकारिक रुपमा घोषणा नगरे पनि यसको मूल्य सूची भने सार्वजनिक गरिसकेको छ ।
निकै पहिले देखि नै नेपाली बजारमा उपलब्ध हुने बताइए पनि हालै मात्र यो बाइक नेपालमा भित्रिएको हो । यसको मूल्य ३ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।
एक्सट्रिम १६०आर हिरो मोटोकर्पको पहिलो १६० सीसीको बाइक हो । सो बाइकमा नयाँ फिचर अल एलईडी लाइटिङ र साइड स्ट्यान्डर्ड इन्जिन कट अफ जस्ता फिचर रहेको छ ।
हिरो एक्सट्रिम १६०आर मा १६३ सीसीको इन्जिन समावेश छ । जसले ८५०० आरपीएममा १५ एचपीको पावर र ६५०० आरपीएममा १४ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकले मात्र ४.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घन्टाको स्पिड लिने कम्पनीको दावी रहेको छ । सो सेगमेन्टको हिसाबले तीव्र गति हो ।
हिरोको सो नयाँ बाइक डायमन्ड फ्रेम चेसिसमा आधारित रहेको छ । जसको कुल वजन १३८.५ किलोग्राम रहेको छ । यो सेगमेन्टमा सो बाइक हल्का बाइक हो । सो बाइकको फ्रन्टमा ३७ एमएम टेलेस्कोपिक फोर्क्स र रियरमा ७ स्टेप एड्जस्टेबल मोनोशक सस्पेन्शन समावेश गरेको छ । सो बाइकको फ्रन्टमा २७६ एमएम डिस्क ब्रेक रहेको छ । ड्युअल डिस्क भेरिएन्टमा रियरमा २२० एमएम डिस्क ब्रेक र सिंगल डिस्क भेरिएन्टको रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।
सो बाइक यो सेगमेन्टमा शार्प लुक भएको बाइक हो । शार्प लाइन्स र एजको साथमा बाइक स्पोर्टी देखिन्छ ।
हिरो एक्सट्रिम १६०आर डबल डिस्क भेरिएन्टमा उपलब्ध रहेको छ । सो बाइकले टीभीएस अपाचे आरटीआर १६० ४भी, बजाज पल्सर एनएस१६०, सुजुकी जिक्सर र यामाहा एफजेडआई एफआईसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...