हिरो इलेक्ट्रिकले नयाँ प्रविधीको लिथियम आयोन व्याट्री उत्पादन गर्ने

भारतीय इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो इलेक्ट्रिकले नयाँ प्रविधीमा आधारित लिथियम आयोन व्याट्री उत्पादन गर्ने भएको छ । जसका लागि उसले व्याट्रिक्ससंग सम्झौता समेत गरिसकेको छ । यी दुई कम्पनीको सहकार्यमा भारतमा एक वर्षमा ३ लाख प्याक व्याट्री र चार्जर उत्पादन गर्ने वताइएको छ ।

यसरी उत्पादन गरिने व्याट्री सुरक्षित र भरपर्दो हुने विश्वास लिइएको छ । भारतमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरमा आगालागीको घटना भैरहँदा यस्ता साधन उत्पादन गर्ने कम्पनीमाथी सुरक्षित र भरपर्दो व्याट्री उत्पादन गर्नुपर्ने दवाव सिर्जना भैरहेको छ । जसलाई मध्येनजर गर्दै हिरोले ४५ डिग्रि सेन्टिग्रेडको उच्च तापक्रममा पनि थर्मल रनवे नहुने व्याट्री ल्याउन लागेको हो ।

यो नयाँ व्याट्री आइपी ६७ प्रोटक्सनमा आधारित रहने र यसले एआइएस १५६ स्ट्यान्डर्ड पुरा गर्ने बताइएको छ । यो मापदण्डमा आधारित व्याट्रीमा आगालागी हुने संभावना नरहने उसको भनाई छ । साथै यसमा अडियो÷भिजुअल वार्निङ सिस्टम, स्मार्ट विएमस र लाइभ डाटा ट्रयाकिङ लगायत विशेषता रहनेछ ।

भारत सरकारले पछिल्लो समय स्वदेशमा उत्पादन हुने इलेक्ट्रिक सवारीसाधनमा स्थानिय सामाग्रीहरुको प्रयोग बढाउने निती लिएको छ । भारतमै उत्पादन गरिएका सामाग्रीहरुको प्रयोग हुने इभीमा अनुदान दिने निती लिएपछि अहिले विभिन्न कम्पनीहरुले स्वदेशमै व्याट्री लगायत अन्य स्पेयर पार्ट्स र कम्पोनेन्टको उत्पादन बढाउँदै लगेका छन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोको आकर्षण बन्ने छ बीवाईडी डल्फिन

नाडा अटो शोको आकर्षण बन्ने छ बीवाईडी डल्फिन

काठमाडौं – आगामी भदौ महिनाको अन्त्यमा हुने नाडा अटो शोमा बीवाईडीको...

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा उपलब्ध आइमाका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर मध्ये आइमा...

छिट्टै नयाँ मोडल सार्वजनिक गर्दै, नेपालमा आफ्नो उपस्थिति पुनःपुष्टि गर्दै सेरेस

छिट्टै नयाँ मोडल सार्वजनिक गर्दै, नेपालमा आफ्नो उपस्थिति पुनःपुष्टि गर्दै सेरेस

काठमाडौं – सेरेस ब्रान्डको बारेमा फैलिएका हल्लाहरूको बारेमा स्पष्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...