यी इलेक्ट्रिक स्कुटर पनि अटो एक्स्पो २०२५ मा प्रदर्शित हुने
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ सुरु भइसकेको छ । शोमा विभिन्न ब्रान्डका...
भारतीय इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो इलेक्ट्रिकले नयाँ प्रविधीमा आधारित लिथियम आयोन व्याट्री उत्पादन गर्ने भएको छ । जसका लागि उसले व्याट्रिक्ससंग सम्झौता समेत गरिसकेको छ । यी दुई कम्पनीको सहकार्यमा भारतमा एक वर्षमा ३ लाख प्याक व्याट्री र चार्जर उत्पादन गर्ने वताइएको छ ।
यसरी उत्पादन गरिने व्याट्री सुरक्षित र भरपर्दो हुने विश्वास लिइएको छ । भारतमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरमा आगालागीको घटना भैरहँदा यस्ता साधन उत्पादन गर्ने कम्पनीमाथी सुरक्षित र भरपर्दो व्याट्री उत्पादन गर्नुपर्ने दवाव सिर्जना भैरहेको छ । जसलाई मध्येनजर गर्दै हिरोले ४५ डिग्रि सेन्टिग्रेडको उच्च तापक्रममा पनि थर्मल रनवे नहुने व्याट्री ल्याउन लागेको हो ।
यो नयाँ व्याट्री आइपी ६७ प्रोटक्सनमा आधारित रहने र यसले एआइएस १५६ स्ट्यान्डर्ड पुरा गर्ने बताइएको छ । यो मापदण्डमा आधारित व्याट्रीमा आगालागी हुने संभावना नरहने उसको भनाई छ । साथै यसमा अडियो÷भिजुअल वार्निङ सिस्टम, स्मार्ट विएमस र लाइभ डाटा ट्रयाकिङ लगायत विशेषता रहनेछ ।
भारत सरकारले पछिल्लो समय स्वदेशमा उत्पादन हुने इलेक्ट्रिक सवारीसाधनमा स्थानिय सामाग्रीहरुको प्रयोग बढाउने निती लिएको छ । भारतमै उत्पादन गरिएका सामाग्रीहरुको प्रयोग हुने इभीमा अनुदान दिने निती लिएपछि अहिले विभिन्न कम्पनीहरुले स्वदेशमै व्याट्री लगायत अन्य स्पेयर पार्ट्स र कम्पोनेन्टको उत्पादन बढाउँदै लगेका छन् ।
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ सुरु भइसकेको छ । शोमा विभिन्न ब्रान्डका...
पोखरा – एक्सपेङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौं – चीनको नम्बर वान ईभी ब्रान्ड दाबी गर्ने आइमाले काठमाडौंको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...