बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हिरो मोटोकर्पले १० करोड युनिट बाइक उत्पादन गरेर एक रेकर्ड कायम गरेको छ । हिरोले सो माइलस्टोन पार गरी एक ऐतिहासिकता कायम गरेको छ ।
१० करोड युनिटको रुपमा हिरोको एक्स्ट्रिम १६०आर बाइक कम्पनीको उत्तराखण्डको हरिद्वारस्थित प्लान्टबाट सार्वजनिक गरिएको छ ।
विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनीको रुपमा हिरोले लगातार २० वर्ष देखि रेकर्ड कायम गरिरहेको छ । ५ करोड युनिट उत्पादन उपलब्धि हासिल गरेको ७ वर्षकै अवधिमा हिरोले १० करोड युनिटको आँकडा पार गरेको हो ।
सो अवसरको पहिचान कायम राख्नका लागि दिल्लीको गुरुग्राममा रहेको कम्पनीको म्यानुफ्याक्चरिङ फ्यासिलिटीमा हिरो मोटोकर्पका अध्यक्ष तथा सीईओ डा. पवन मुन्जालले ६ वटा बाइक अनावरण गरे । ती बाइकमा स्प्लेन्डर प्लस, एक्स्ट्रिम १६०आर, प्यासन प्रो, ग्लयामर, डेस्टिनी १२५ र माएस्ट्रो एज ११० छन् । यी बाइक आगामी फेब्रुअरीदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...