हेल्मेट्स नेपालको तेस्रो सोरुम अब नागपोखरीमा, नयाँ वर्ष स्किममा यस्तो सुविधा उपलब्ध

काठमाडौं – हेल्मेट र अन्य सेफ्टी गियर उपलब्ध गराउँदै आएको आफ्टर सेल्स अटोमोटिभ इन्डष्ट्रिमा लोकप्रिय मानिएको हेल्मेट्स नेपालले तेस्रो सोरुम नागपोखरीमा खोलेको छ । नयाँ वर्षको अवसरमा हेल्मेट्स नेपालले उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।

बसन्तपुर र काठमाडौं उपत्यका झल्काउने विशेषता सहित स्थापना गरिएको उक्त सोरुमको नाम ‘लायकु’ राखिएको छ, जसको अर्थ नेवारी भाषामा ‘दरबार स्क्वायर’ हुन्छ ।

सन् २०१६ मा वान–क्लिक अनलाइन प्लेटफर्म र स्टोरको रुपमा अनामनगरमा स्टोर स्थापना गरिएकोमा पहिलो मोटरसाइकल सेफ्टी गियर र एसेसरिज उपलब्ध गराउने गरी माइतीघरमा हेल्मेट्स नेपालको पहिलो सोरुम स्थापना गरिएको थियो । त्यसपछि सन् २०१९ मा टेकुमा दोस्रो सोरुम स्थापना गरिएको थियो ।

हेल्मेट्स नेपालले नयाँ वर्षको अवसरमा उपलब्ध गराएको स्किम समेत यो सोरुमबाट उपलब्ध गराउने छ । यस अन्तर्गत राइडिङ गियर र हेल्मेट खरिद गर्दा १० हजार रुपैयाँ सम्मको पुरस्कार पाउन सकिने छ । यो अफर आगामी बैशाख ७ गते सम्म चल्ने छ ।

हेल्मेट्स नेपालमा हेल्मेट र राइडिङ गियरका साथै सेफ्टी एप्यारेल लुब्रिकेन्ट्स र राइडिङ टेक समेत उपलब्ध छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...