फेसलिफ्ट लन्च हुने मिति नजिकिएपछि स्कोडाले कुशाकमा दियो भारी छुट

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकमा भारी छुट दिएको छ । एसयूभीको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिएसँगै कम्पनीले कुशाकमा ३ लाख २५ हजार भारु बराबरको फाइदा दिएको हो । जसमा ५० हजार भारु एक्सचेन्ज वोनस, २ लाख भारु नगद छुट र बाँकी विविधि सुबिधा सामेल छन् ।

कुशाक फेसलिफ्टमा कस्मेटिक अपडेट मात्र नभई नयाँ सुविधाहरू पनि हुने कारण यो वहुप्रतिक्षित बनिरहेको छ । स्कोडाका अनुसार सो फेसलिफ्ट भर्सनमा सेग्मेन्टमै पहिलोपटपक मसाज फंक्सन सहितको रियर सिट पाइनेछ ।

त्यसैगरी, एसयूभीमा परिमार्जित ग्राफिक्स सहितको प्यानोरामिक सनरुफ र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि उपलब्ध हुनेछ । साथै यसमा लेभल–२ एडास फिचर समेत उपलब्ध हुने अनुमान गरिएको छ ।

पावरट्रेनको कुरा गर्नुपर्दा यसमा पहिलेकै १.० लिटर र १.५ लिटर टर्बो–पेट्रोल इन्जिन जडान हुनेछ । एसयूभीमा ६ स्पिड म्यानुअल, ६ स्पिड अटोमेटिक र ७ स्पिड डीएसजी ट्रान्समिसन समावेश हुनेछ ।

कुशाक नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको सब–कम्प्याक्सट एसयूभी हो । भारतीय बजारमा यसको फेसलिफ्ट भर्सन लन्च भएपछि यसले नेपाली बजारमा समेत प्रवेश पाउनेछ । विभिन्न ७ भेरिएन्टमा उपलब्ध यस एसयूभीको मूल्य नेपाली बजारमा ५४ लाख ९० हजारदेखि ८२ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

नयाँ एसयूभी काइल्याक चाँडै लन्च गर्ने तयारीमा स्कोडा, फर्स्ट लुक सार्वजनिक

नयाँ एसयूभी काइल्याक चाँडै लन्च गर्ने तयारीमा स्कोडा, फर्स्ट लुक सार्वजनिक

स्कोडाले चाँडै नै नयाँ एसयूभी भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ ।...

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा काइलकको सफल परीक्षण

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा काइलकको सफल परीक्षण

काठमाडौं–स्कोडाले काइलकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक...

१० लाख ६९ हजार भारुमै आयो कुशाक फेसलिफ्ट, यस्तो छ विशेषता

१० लाख ६९ हजार भारुमै आयो कुशाक फेसलिफ्ट, यस्तो छ विशेषता

स्कोडाकाे आफ्नो वहुप्रतिक्षित एसयूभी कुशाक फेसलिफ्ट लन्च हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...