घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला
काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई...
नेपालका धेरै सवारी चालकहरूमा आकस्मिक बत्ती (Hazard Light) को प्रयोगबारे स्पष्ट जानकारी नहुँदा यसको जथाभावी प्रयोग भइरहेको पाइन्छ । यसले अन्य चालकलाई भ्रममा पार्ने मात्र होइन, दुर्घटनाको जोखिमसमेत बढाउने काम गर्दछ । सडकमा सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । यस्तै साना तर महत्वपूर्ण अभ्यासमध्ये एक हो - आकस्मिक बत्ती (Hazard Light) को सही प्रयोग ।
आकस्मिक बत्ती भनेको सवारी साधनमा जडान गरिएको विशेष संकेत प्रणाली हो, जसले गाडी कुनै असामान्य वा जोखिमपूर्ण अवस्थामा रहेको जानकारी अरूलाई दिन्छ । यस प्रणालीमा अगाडि र पछाडिका चारै वटा मोड संकेत गर्ने (Indicator) बत्तीहरू एकैसाथ बल्छन् । यसको मुख्य उद्देश्य अन्य चालकहरूलाई "मेरो सवारी साधन सडकमा एक खतरा (Hazard) को रूपमा छ" वा "म समस्यामा छु" भन्ने जानकारी दिनु हो ।
दुवै साइडका इन्डिकेटर एकैपटक बल्ने भएकाले यो सामान्य मोड्ने संकेत भन्दा फरक हुन्छ । तर, नेपालका सडकहरूमा यसको प्रयोगलाई लिएर धेरै भ्रम र गलत अभ्यासहरू देखिन्छन् । धेरै चालकहरूले यसलाई 'सिधा जाने संकेत' वा 'झरीमा गुड्दा बाल्नुपर्ने बत्ती' का रूपमा बुझ्ने गरेका छन्, जुन पूर्णतः गलत हो ।
ट्राफिक नियम र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हाजार्ड लाइट निम्न अवस्थाहरूमा मात्र प्रयोग गर्नुपर्छ:
क) सवारी साधन बिग्रिएमा:
यदि गुड्दागुड्दै सवारी साधन बिग्रियो र त्यसलाई सडकको बीचमा वा किनारामा रोकेर राख्नुपर्यो भने अन्य चालकलाई सतर्क गराउन यो बत्ती बाल्नुपर्छ । साथै गाडीभन्दा केही मिटर पछाडि 'रिफ्लेक्टिभ ट्रयाङ्गल' (Reflective Triangle) राख्नुपर्छ ।
ख) आकस्मिक अवरोध देखिएमा:
सडकमा अचानक पहिरो, दुर्घटना वा अन्य कुनै ठूलो अवरोध देखिएर तपाईंले सवारीलाई एक्कासी रोक्नुपर्ने अवस्था आयो भने पछाडिका सवारीलाई चेतावनी दिन छोटो समयका लागि हाजार्ड लाइट प्रयोग गर्न सकिन्छ ।
ग) अत्यधिक खराब मौसम :
अत्यधिक खराब मौसम जस्तै घना कुहिरो, भारी वर्षाका कारण कम दृश्यता भइ रोक्नुपरेको अवस्थामा मात्र प्रयोग गर्नुपर्छ, गुडिरहेको अवस्थामा होइन । धेरैले झरीमा हाजार्ड बाल्छन्, तर यसो गर्दा पछाडिको चालकलाई तपाईंको 'ब्रेक लाइट' बलेको हो कि 'हाजार्ड' भन्ने ठम्याउन गाह्रो हुन्छ । वर्षामा कम दृश्यता हुँदा लो-बीम हेडलाइट वा फग लाइट नै उत्तम विकल्प हो ।
घ) टोइङ (Towing) गर्दा:
यदि तपाईंको गाडी अर्को गाडीले तानेर लैजाँदै छ भने सावधानीका लागि यसको प्रयोग गर्न सकिन्छ ।
ङ) शवयात्रा वा विशेष र्यालीमा:
सुरक्षाकर्मी वा ट्राफिकको निर्देशन अनुसार विशेष परिस्थितिमा यसको प्रयोग हुन सक्छ । यी अवस्थाहरूमा आकस्मिक बत्तीले अन्य चालकलाई “सावधान रहनुहोस्” भन्ने स्पष्ट सन्देश दिन्छ ।
हाम्रो सडकमा देखिने केही साझा गल्तीहरू
आकस्मिक बत्ती सुविधा मात्र होइन, जिम्मेवारी पनि हो । यसको सही प्रयोगले दुर्घटना न्यूनीकरणमा ठूलो योगदान पुर्याउन सक्छ भने गलत प्रयोगले जोखिम बढाउँछ । सडकमा गुड्दा नियमको पालना गर्नु केवल जरिवानाबाट बच्नु मात्र होइन, आफू र अरूको जीवन रक्षा गर्नु पनि हो ।
ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।
– प्र .ब.ना.नि. बिष्णु थापा
प्रमुख - जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धपाल्चोक
काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई...
काठमाडौं – त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति...
बिगत तीन बर्षदेखि आयात मात्र हुँदै आएको रसुवागढी नाकाबाट निर्यात सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...