अस्ट्रेलियन एनक्यापले गरेको क्र्यास टेष्टमा हाभल एच६ ले पायो ५ स्टार रेटिङ

अस्ट्रेलियन एनक्यापले गरेको क्र्यास टेस्टमा ग्रेटवाल मोटर्सको हाभल एच६ एसयुभीले ५ स्टार रेटिङ पाएको छ । यो ब्रान्डको पोअर पिक–अप पछि हाभल एच६ ले दोस्रो पटक यस्तो रेटिङ पाएको हो ।

नेपाली बजारमा समेत उपलब्ध यो एसयुभीले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशतको स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको जनाइएको छ ।

एएनक्यापका अनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट र रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ । चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने एच६ लाई एएनक्यापले प्रशंसा गरेको छ । यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा पनि उसलले हाभाल एच६ को जंक्सन असिस्ट फिचरको समेत प्रशंसा गरेको छ ।

यो एसयुभीको को सक्रिय सुरक्षा सुविधाहरुलाई तारिफ गर्दै उसले सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनोमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन दिएको छ ।

सम्बन्धित समाचारहरू

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

काठमाडौं – नेपाली ग्राहकले पनि अब बीएस६ इन्जिनयुक्त रेनो डस्टर चढ्न पाउने...

रेनो काइगर नयाँ स्पोर्टी लुकमा लन्च, पहिले भन्दा धेरै उत्कृष्ट फिचर

रेनो काइगर नयाँ स्पोर्टी लुकमा लन्च, पहिले भन्दा धेरै उत्कृष्ट फिचर

रेनो काइगर सब–कम्प्याक्ट एसयूभी विभिन्न थप टेक्नोलोजी सहित भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...