बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – हार्टफोर्ड बाइकको नेपाली बजारका लागि हालै आधिकारिक वितरकको रुपमा नियुक्त भएको इग्निसन अटोले काठमाडौंको टेकुमा सोरुम स्थापना गरेको छ । सोरुममा हाल दुई मोडलका बाइक भीआर १५० एच र भीआर २२३ एच उपलब्ध छन् ।
औपचारिक रुपमा आगामी घटस्थापनाको दिनमा सोरुम शुभारम्भ गरिने सोरुम इन्चार्ज सम्राट शाक्यले बताए । हाल उपलब्ध यी दुई बाइक हार्टफोर्डको पहिलेकै मोडल भए पनि केही परिमार्जन सहित आएका छन् । यी बाइकमा डिजिटल मिटर र अपसाइड डाउन फोर्क लगायत अपडेट भएका छन् ।
भीआर १५० एचमा एयरकुल्ड इन्जिन छ भने २२३ मा एयरकुल्ड र आयलकुल्ड दुवै प्रकारको इन्जिन छ । यी दुवै डर्ट बाइक हुन् ।
यी बाइकको मूल्य क्रमशः ४ लाख ६५ हजार र ५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । बाइक किन्ने ग्राहकलाई एक वर्षको कर र नामसारी निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी लेगगार्ड र मेभोक्स हेल्मेट निःशुल्क उपलब्ध हुनेछ ।
कम्पनीले दसैं अफरको रुपमा समेत केही छुट उपलब्ध गराउने र यो केही दिनमै सार्वजनिक गर्ने बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...