पिकअप बजारमा ग्रेटवाल मोटर्सको हिस्सा ५० प्रतिशत

चीनको अग्रणी अटो निर्माता ग्रेटवाल मोटर्स(जिडब्लूएम)ले पिकअप ट्रक बजारमा निकै राम्रो हिस्सा लिएको छ । सो ब्रान्डले उत्पादन गर्ने विभिन्न मोडलका पिकअपले चिनियाँ बजारमा ५० प्रतिशत हिस्सा ओगट्ने जनाइएको छ ।

ग्रेटवाल मोटर्सका पिकअपले निर्यातमा समेत निकै राम्रो प्रभाव जमाइरहेको चाइना प्यासेन्जर कार एसोसिएसनले बताएको छ । साथै, जेएमसी चांगन, जेएसी र जिलीको राडार पिकअपको बजार विस्तार भइरहेको उक्त संस्थाले जताएको छ ।

जनवरी २०२६ मा मात्रै चीनमा ४९ हजार युनिट पिकअप ट्रक बिक्री भएको तथ्यांक बाहिर आएको छ । जसमा ग्रेटवाल मोटर जस्ता स्थापित निर्माताको निरन्तर नेतृत्वको कारण संभव भएको हो ।

जनवरीमा समग्र उत्पादनमा पिकअप निर्यातले उल्लेखनीय हिस्सा ओगटेको छ । जनवरीमा चीनबाट २७ हजार पिकअप विश्वभर निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा तीव्र रूपमा बढेको छ र महिनाको कुल पिकअप उत्पादनको आधाभन्दा बढी प्रतिनिधित्व गर्दछ ।

जनवरीको तथ्याङ्कले बीवाईडी, जिली र राडारजस्ता ब्रान्डका न्यू इनर्जीमा आधारित किपअप ६ हजार युनिट बिक्री भएको देखाएको छ । प्यासेन्जर कार सेग्मेन्टमा ईभीमार्फत विश्व बजार कब्जा गरिरहेको चीनले अव पिकअप ट्रकमा समेत आक्रमक बजार विस्तार गर्ने रणनिती लिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...