यस्ता आकर्षक फिचर सहित स्कोडा कुशाक लन्चिङको लागि तयारी
स्कोडा अटो इन्डिया भारतमा नयाँ स्कोडा कुशाक लन्च गर्ने तयारी अवस्थामा...
ग्रेटवाल ह्यावल जोलियन कार नेपाली बजारमा उपलब्ध हुने भएको छ । चीनको प्रसिद्ध कम्पनी ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्स बनिसकेको छ । यो गाडी छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने सामाजिक सञ्जालमार्फत जानकारी दिइएको छ ।
सो पेजमा गाडीको वारेमा आधिकारिक जानकारी नदिइए तापनि यसको वेबसाइटमा भएको विवरण अनुसार यो १४९७ सीसी इन्जिनयुक्त गाडी हो । यसमा भएको टर्बोचार्जिङ टेक्नोलोजीले ११० किलोवाट सम्मको पावर र २२० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा आवश्यकता अनुसार स्ट्यान्डर्ड, स्पोर्ट, इकोनोमी र स्नो ड्राइभिङ मोडको प्रयोग गर्न सकिन्छ । यसमा भएको हलुका मेकानिकल बनावट, इन्धन किफायतीपना, मल्टी ह्विल च्यासिस ट्युनिङ आदिका कारण ड्राइभिङ सहज हुने बताइएको छ ।
यसको वाहिरी भाग निकै आकर्षक छ । यसको स्मार्ट र सार्प फ्रन्ट फेस, क्लासिक फेमिली क्रोम प्लेटेड हनिकम्ब ग्रिल र थप फेसनेबल ट्रेन्डले वाहिरी आकर्षण बढाएको मान्न सकिन्छ ।
गाडीमा ठूलो प्यानोरामिक सनरुफ, एलईडी हेडल्याम्प र १८ इन्चको आल्मुनियम अलोय ह्विल छ ।
गाडीमा १२.३ इन्चको स्मार्ट टचस्क्रिन, ७ इन्चको कलर कम्बिनेसन भर्चुअल इन्स्ट्रयुमेन्ट, वायरलेस चार्जिङ र एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता फिचर उपलब्ध छन् ।
बलियो बडी रहेको सो गाडीमा ६ एयरब्याग र अन्य विभिन्न सेफ्टी फिचर समेत उपलब्ध छन् ।
स्कोडा अटो इन्डिया भारतमा नयाँ स्कोडा कुशाक लन्च गर्ने तयारी अवस्थामा...
गत जनवरी १० मा भारतमा लन्च गरिएको स्कोडा कोडियाक फेसलिफ्टको पहिलो लट २०...
स्कोडा अटो फक्सवागन इन्डिया प्रालिले भारतमा १५ लाख युनिट कार उत्पादन गरेर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...