४ वर्ष देखिको प्रतीक्षा सकिँदै, आजदेखि सञ्चालनमा आउँदै ग्वार्को ओभरपास

काठमाडौं – चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास(फ्लाइओभर) आजदेखी सञ्चालनमा आउने भएको छ । आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेलगत्तै ओभरपास सञ्चालनमा आउने गरी कार्यक्रम तय गरिएको भौतिक पूवार्धार तथा यातायत मन्त्रालयले जनाएको छ ।

नेपालकै पहिलो प्रयोग भएकाले यस ओभरपासमा काम गर्न केही अलमल भएको थियो । ठेकेदार कम्पनी आशिष समानान्तर रेलिगेट कम्पनीले बिहीबारसम्म ओभरपासमा गाडी गुड्न मिल्ने बनाउन ट्राफिक लाइट, रङरोगन, सडक संकेत, तथा पानीको निकास लगायत सबै काम पूरा गरिसकेको छ ।

ओभरपासको लम्बाइ कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सातदोबाटोतर्फ एक सय ८० मिटर छ। यस ओभरपासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भएको छ ।

गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरेको थियो । गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्त कम्पनीलाई अन्तिम म्याद दिइएको थियो । अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्न नगरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जाना तिर्नुपरेको हो । दैनिक हर्जाना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रतगतिमा अघि बढाएको आयोजनाका कर्मचारीको बुझाइ छ ।

ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । १७ करोड ६ लाख ८८ हजार रूपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो ।

सम्बन्धित समाचारहरू

पूर्वपश्चिम राजमार्ग निर्माणका लागि ३१ अर्ब दुई करोड विनियोजन

पूर्वपश्चिम राजमार्ग निर्माणका लागि ३१ अर्ब दुई करोड विनियोजन

काठमाडाैँ – सरकारले पूर्वपश्चिम राजमार्ग निर्माणका लागि ३१ अर्ब दुई...

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने, चीनसँग भयो सहमति

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने, चीनसँग भयो सहमति

काठमाडौँ – दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको...

जाजरकोट– जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

जाजरकोट– जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

काठमाडौँ -जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ८ साङटादेखि जुम्लाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...