शुक्रबार देखि सञ्चालनमा आउँदै ग्वार्को फ्लाइओभर

काठमाडौं - ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको निर्माण कार्य सम्पन्न भएको छ । यही असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको हो । २०७८ फागुनमा ओभरपास निर्माण दुई वर्षभित्र सक्नेगरी सुरु गरिएपनि ३९ महिनामा सम्पन्न भएको हो । अब शुक्रबारदेखि ओभरपासमा सवारीसाधनले ओहोरदोहोर गर्न पाउनेछन् भने सवारी जामको सास्ती पनि कम हुनेछ ।

याे नेपालकै पहिलो फ्लाइओभर हाे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् । त्यसपछि यातायात सञ्चालनमा ल्याइने छ ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

निर्माण कार्यमा ढिलाई भए पछि मन्त्री दाहालले फ्लाई ओभर निर्माणमा सक्रियता देखाएका थिए ।

फ्लाइओभर निर्माणपछि चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडक खण्डमा सवारी साधनलाई सुरक्षित, सहज तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा प्राप्त हुने विश्वास लिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...