नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण धेरैजसोले विवाहमा धेरै संख्यामा पाहुना लार्ई निमन्त्रणा गर्न सकिरहेका छैनन् । तर हालै मलेसियाको एक नव विवाहित जोडीले भने कोरोना भाइरसको कारण लगाइएका वन्देजहरुलाई चुनौति दिएका छन् ।
सरकारले मलेसियामा अतिथिको संख्या २० जनामै सिमित राख्न निर्देशन दिएकोबेला तिनीहरुले १० हजार पाहुनालाई स्वागत गरेको स्थानिय संचार माध्यमले सोमवार जनाएको छ । तर यसका लागि तिनीहरुले पाहुनाहरुलाई सवारी साधनबाटै कार्यक्रममा सहभागि हुने अनौठो खालको तरिका अपनाएका छन् ।
आइतवार विहान राजधानी क्वालालम्पुरको दक्षिणी भागमा पर्ने पुत्रजय स्थित एउटा विशाल सरकारी भवन बाहिर विशेष साजसज्जा सहित बनाइएको मन्चमा उभिएका दुलहा र दुलहीलाई मन्द गतिमा चलाइएका सवारी साधनमा आएका पाहुनाहरुले शुभकामना, बधाई तथा आशिर्वाद दिँदै अघि बढेका थिए ।
हरेक कारका झ्यालका सिसा खोेल्दै टाढैबाट पाहुनाहरुले तिनीहरुलाई हात हल्लाउँदै अभिवादन गरेका थिए । दुलहा तेन्गकु मुहमद हाफिज र दुलही ओसियने अलाजियाको यो विवाह अहिले विश्वभरि चर्चाको विषय बनेको छ । संयोगवश विवाहकै दिन जन्मदिन पनि परेका दुलहा मुहमद प्रभावशाली नेता तथा पुर्व मन्त्री तेन्गकु एदनानका पुत्र हुन् ।
कार्यक्रमको तस्वीर सेयर गर्दै पुर्व मन्त्री एदनानले फेसबुकमा लेखेका छन् , ‘ आज बिहान देखि शुरु हुने यस काएक्रममा १० हजार कारको सहभागिता रहने खवर पाएको छुं । म र मेरो परिवार निकै गौरान्वित छौं । कारबाट बाहिर ननिस्की विवाह कार्यक्रमको शोभा बढाइदिएकामा सबै प्रति कृतज्ञ छुं । ’
शनिवार मात्र पुर्व मन्त्री एदनानलाई ५ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको अभियोगमा अदालतले आर्थिर्क दण्ड सहित एक वर्ष लामो कारावास संजाय सुनाएको थियो । मलेसियामा अहिले नयाँ चरणको कोभिड १९ संक्रमण फैलिरहेको छ । राष्ट्रभरि झण्डै ९२ हजार मानिसका संक्रमण भएको स्वास्थ मन्त्रालयले पुष्टि गरिसकेको छ । साथै ४ सय ३० जना भन्दा बढि व्यक्तिको ज्यान गइसकेको छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...