ग्लोब्याट र डेल्टा ब्याट्रीको फ्रि सर्भिस क्याम्प शुरु

देशका बिभिन्न शहरहरुमा ग्लोब्याट र डेल्टा ब्याट्रीको फ्रि सर्भिस क्याम्प शुरु भएको छ
यही पुष १२ गते पूर्बको बिर्तामोडबाट शुरु गरिएको क्याम्प देशका बिभिन्न स्थानहरुमा आयोजना भई माघ १५ गते पश्चिमको धनगढीमा गएर सम्पन्न गरिनेछ ।

विगतमा हरेक तीन महिनाको अन्तरालमा आयोजना गरिँदै आएको क्याम्प कोरोना महामारीका कारण अबरुद्ध भएको थियो । हाल लकडाउन हटेको र ब्यावसाय पुरानै लयमा फर्किएका कारण पुनः सर्भिस क्याम्प शुरु गरिएको नेपालका लागि आधिकारिक बितरक बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्र्नका बिजनेश हेड श्याम पाण्डेले बताए । सो क्याम्पमार्फत हजारौ ग्राहक लाभान्वित हुने बताइएको छ ।

ब्याट्रीको आयु र पर्फमेन्स बढाउन अब हरेक ३ महिनाको अन्तरालमा यस प्रकारको क्याम्प आयोजना गर्दै जाने पाण्डेले बताए । उनका अनुसार ग्राहकलाई सेवा प्रदान गर्न कम्पनीको तर्फबाट कर्तब्य ठानि देशव्यापी रुपमा यस प्रकारका क्याम्प आयोजना गरिँदै आएको हो । क्याम्पमा ब्याट्रीको अबस्था चेक गरी आवश्यक परेको खण्डमा निशुल्क पानी थपिदिने, कनेक्सन चेक गर्ने र ब्याट्रिलाई हानी हुने कुनैपनि कामहरु नगर्न ग्राहकलाई सल्लाह दिइनेछ ।

सो अवसरमा अन्य ब्रान्डका ब्याट्री ग्राहकहरुलाई समेत ब्याट्री चेकजाँच र संरक्षणको तरिका सिकाइने पाण्डेले बताए । ग्लोब्याट र डेल्टा बंगलादेशी ब्याट्री हो । जसमध्ये ग्लोब्याट अटोमोटिभ र डेल्टा ई–रिक्सा सेग्मेन्टका ब्रान्ड हुन् । बंगलादेशको प्रख्यात रहिमाफ्रुज ग्रुपले यी ब्याट्री उत्पादन गर्छ । यो ६७ बर्ष पुरानो बहुराष्ट्रिय कम्पनी हो ।

त्यसैगरी बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले यी ब्याट्रीको साथै बिश्वप्रसिद्ध पेट्रोनाश लुब्रिकेन्ट्स, एमटेक पावरको इन्भर्टर तथा ब्याट्री र माइक्रोटेक ब्रान्डको अनलाईन युपिएस आयत गरी देशभर बिक्री बितरण गर्दै आइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...