गिलीको पान्डा मिनी ईभी सार्वजनिक : यस्तो छ आकर्षण

गिलीले चीनमा पाण्डा मिनी ईभी सार्वजनिक गरेको छ। केही समय पहिले चर्चामा रहेको टाटा नानो भन्दा पनि सानो माानिने पाण्डा मिनी ईभीको लम्बाई ३०६५ एमएम छ ।

एलएफपी ब्याट्री प्याक दिइएको ईभीमा ३० किलोवाट इलेक्ट्रिक मोटर छ, जसले फुल चार्जमा १५० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।

इलेक्ट्रिक कारको चार्जिङ डोरमा जियोमी लेखिएको छ। यसले गिलीको सब ब्राण्ड जियोमेट्रीलाई संकेत गर्छ। रिपोर्टका अनुसार मिनी ईभीलाई मूल रुपमा जियोमेट्री अन्तर्गत सार्वजनिक गर्ने तयारी गरिएको थियो। तर अन्तिम समयमा म्यानेजमेन्टले गिली ब्राण्डमै सार्वजनिक गरेको छ।

सो इलेक्ट्रिक कारको मूल्य सार्वजनिक नगरिए पनि यसको मूल्य ५ हजार ७ सय देखि ७ हजार २ सय अमेरिकी डलर हाराहारी हुने अनुमान गरिएको छ । सन् २०२३ देखि सो कार बिक्रीका लागि उपलब्ध हुनेछ ।

चिनियाँ बजारमा पहिले देखि नै प्रचलित किवी ईभी, बाउजुन ईभी र वुलिङ मिनी ईभी जस्ता साना ईभीसँग यसको प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

बज्र ग्रुप ३१ वर्षमा प्रवेश : दशैं सम्म इन्डोनेसियामा उत्पादित वुलिङ ईभी नेपाल भित्र्याउने घोषणा

बज्र ग्रुप ३१ वर्षमा प्रवेश : दशैं सम्म इन्डोनेसियामा उत्पादित वुलिङ ईभी नेपाल भित्र्याउने घोषणा

काठमाडौं – पछिल्लो समय नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार...

अटो पाइलट मोडमा गुडाएर टेस्ला चालक मस्त निदाएपछि

अटो पाइलट मोडमा गुडाएर टेस्ला चालक मस्त निदाएपछि

जर्मनीमा एक जना टेस्ला चालकलाई अटो पाइलट मोडमा गाडी गुडाएर मस्त निदाएको...

टेकुमा खुल्दै थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम, देशभर विस्तार हुँदै

टेकुमा खुल्दै थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम, देशभर विस्तार हुँदै

काठमाडौं – काठमाडौंको टेकुमा थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...