याङ्गोलाई २५ यूनिट ग्यारो स्कुटर हस्तान्तरण, छिट्टै १०० यूनिट पु-याउने लक्ष्य

काठमाडौं – क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा मोबिलिटी नेपालसँगको महत्वपूर्ण कर्पोरेट साझेदारीअन्तर्गत नयाँ ग्यारो डीटी–५३ इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । कम्पनीले दोस्रो चरणमा २५ युनिट स्कुटर हस्तान्तरण गरेको हो ।

पहिलो चरणअन्तर्गत केहि समयअघि मात्रै ६ यूनिट स्कुटर हस्तान्तरण गरेको कम्पनीले छिट्टै १०० यूनिट पु-याउने लक्ष्य लिएको छ ।

सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको ग्यारो डीटी–६० को सफलतापछि कम्पनीले कर्पोरेट मोबिलिटी क्षेत्रमा आफ्नो उपस्थिति निरन्तर मजबुत बनाइरहेको छ । भर्खरै लन्च गरिएको डीटी–५३ को असाधारण प्रदर्शन, किफायती मूल्य र भरपर्दो गुणस्तरका कारण कर्पोरेट बिक्रीलाई तिव्रता दिने कम्पनीको विश्वास छ ।

ग्यारो डीटी–५३ मा ८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र ५ किलोवाट आवर पिक पावर भएको मोटर जडान गरिएको छ । यस स्कुटरले दैनिक यात्रालाई सहज, कुशल र आर्थिक बनाइदिने छ ।

कम्पनीका अनुसार, स्कुटरको शक्तिशाली क्षमताले यसलाई राइड शेयरिङ, डेलिभरी सेवा तथा कर्पोरेट फ्लिट संचालनका लागि प्रमुख रोजाइको मोडल बनाएको छ । विस्तारयुक्त रेन्ज र उच्च आउटपुटका कारण डीटी–५३ ले नेपालको दिगो शहरी मोबिलिटीमा नयाँ स्तर स्थापित गरेको छ ।

ग्यारो लिथियम नेपालले हाल डुल्ला नेपाल, रोयल क्लिनिङ, याङ्गो इलेबार र याङ्गो ड्राइभरा मोबिलिटी जस्ता कम्पनीमा कर्पोरेट बिक्री गरेको छ भने अन्य थुप्रै संस्थासँग आबद्ध हुने प्रक्रियामा रहेको छ ।

निरन्तर बढिरहेका साझेदारहरूले नेपालमा तीव्र गतिमा बढ्दै गएको विद्युतीय यातायातप्रतिको रुचि झल्काएको र कर्पोरेट आवश्यकताअनुसार उच्च प्रदर्शन ईभी समाधान उपलब्ध गराउने विश्वसनीय ब्रान्डको रूपमा ब्रान्डको स्थान अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अपग्रेड भएर आउँदै क्रसफायर आरएम २५०, टिजर सार्वजनिक

अपग्रेड भएर आउँदै क्रसफायर आरएम २५०, टिजर सार्वजनिक

काठमाडौं– क्रसफायरले नेपाल ल्याएको चर्चित डर्ट बाइक आरएम २५० अपग्रेड भएर...

ग्यारो इलेक्ट्रिक स्कुटर अव धरानमा पनि

ग्यारो इलेक्ट्रिक स्कुटर अव धरानमा पनि

काठमाडौं– क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाल...

सुधारिएको इन्जिन र ग्राफिक्स सहित उही मूल्यमा नेपाल आयो क्रसफायर ट्रेकर २५०

सुधारिएको इन्जिन र ग्राफिक्स सहित उही मूल्यमा नेपाल आयो क्रसफायर ट्रेकर २५०

काठमाडौं – नेपाली बजारमा क्रसफायर ट्रेकर २५० मोटरसाइकलको नयाँ भर्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...