ग्यारो इलेक्ट्रिक स्कुटर अव धरानमा पनि

काठमाडौं– क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाल ल्याएको इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६० अव धरानमा पनि उपलब्ध भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले धरानबाट समेत यसको बिक्री सुरु गरेको हो । डीटी ६० ले सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक स्कुटरका रुपमा चर्चा बटुल्दै गएको छ ।

यस्तो छ स्कुटर
ग्यारो डीटी ६० मा ४ हजार वाटको पिक पावर भएको मोटर छ भने यो १८ डिग्री भन्दा बढीको उकालोमा उक्लिन सक्छ । सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने सो स्कुटरमा म्याट्रिक्स एलईडी हेडलाइट, एलईडी डिस्प्ले र भिजिबल ब्याकलाइट जस्ता फिचर छन्, जसले सेफ्टी र स्टाइललाई बढाएका छन् ।

कुसन सिट र ३० लिटरको सुपर स्टोरेज स्पेसले कम्फर्ट र कन्भेनिएन्सलाई बढाएको छ । यसमा भएको इको मोड प्रयोग गरी ५१ किलोमिटर प्रतिघण्टाको गतिमा ३५० किलोमिटर सम्मको रेन्ज प्रयोग गर्न सकिन्छ भने ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टाको गतिमा २८० किलोमिटर सम्मको रेन्ज प्राप्त गर्न सकिन्छ । त्यसैगरी स्पोर्ट्स मोडमा ६८ किलोमिटर प्रतिघण्टाको गतिमा २०० किलोमिटरको रेन्ज प्राप्त गर्न सकिन्छ ।

यसमा ४८ भोल्ट १८० एएचको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जुन आईपी ६७ आईपी रेटिङ छ । दुवै चक्कामा डिस्क ब्रेक भएको सो इलेक्ट्रिक स्कुटरलाई ४८ भोल्ट, २५ एम्पियरको चार्जरले ६ देखि ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

काठमाडौं उपत्यकामा क्लासिक ह्ल्सि एक्सपोर्ट एन्ड इम्पोर्ट तथा सोलफुल मोटर प्रालि महाराजगञ्ज र इको एक्जिम नेपाल प्रालि टेकु तथा उपत्यका वाहिर क्लासिक ह्विल्स पोखरा, मितेरी सप्लायर्स एन्ड डेभलपर्स धरान, साबित्री अटोमोबाइल बाग्लुङ, जेबीएस अटोमोबाइल्स दाङ र असीन ट्रेड धनगढीमा सो स्कुटर उपलब्ध छ ।

ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको मूल्य ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...