काठमाडौं आईपुग्यो ग्यालेक्सी ई५, अर्को हप्ता लन्च हुने

काठमाडौं–जिलीको प्रतिक्षित बिद्युतिय एसयुभी ग्यालेक्सी ई५ काठमाडौं आइपुगेको छ । नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले ग्यालेक्सी ई५ को दुई भेरिएन्ट नेपाल ल्याएको हो । यो बिद्युतिय कार आगामी हप्ता लन्च हुने कम्पनी स्रोतको भनाई छ ।

ग्यालेक्सी ई५ प्रो र म्याक्स गरी दुई भेरिएन्टमा आएको हो । दुबै भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक र १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

एलआरआर मोटर्सले भन्सार प्रयोजनका लागि भनेर यसअघि नै यसको मूल्य तोकिसकेको छ । जसअनुसार, ग्यालेक्सी ई५ को मूल्य क्रमशः ५८ लाख र ६८ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

एलआरआर मोटर्सले जिली ब्रान्डका गाडी बिक्री गर्न भनेर काठमाडौंको गैह्रिधारमा अत्याधुनिक नयाँ शोरुम तयार पारिरहेको छ । साथै, आगामी नाडा अटो शोमा समेत यी कार प्रदर्शन गर्ने कम्पनीको योजना छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

ईभी निर्माता कम्पनी बीवाईडीले डीजेआईसँगको सहकार्यमा ‘लिङयुआन’ नामक...

उत्तरढोकामा भयो मल्टी–ब्रान्ड ईभी शोरुमको सुरुवात, स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

उत्तरढोकामा भयो मल्टी–ब्रान्ड ईभी शोरुमको सुरुवात, स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

काठमाडौं – दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक...

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

मर्चवार (लुम्बिनी) – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...