ईभी बजारमा महिन्द्रा पायोनियर भएको र उचित समयमा विभिन्न मोडल नेपाल आउने बस्नेतको भनाइ
नेपालको अटो बजार अहिले निकै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयसम्म...
महिन्द्रा एक्सयूभी ७०० को चर्चा केही समय यता बढ्दै गएको छ । धेरैले यसको प्रतीक्षा गरिरहेको समयमा हालै अचानक पुरै खुला रुपमा लिक भएको छ । यसबाट सो एसयूभी लन्चिङ भन्दा पहिले नै धेरैले हेर्न पाएका छन् ।
यो भन्दा पहिले धेरै पटक परीक्षणको समयमा ढाकिएको रुपमा सो एसयूभी देखिएको थियो । तर यस पटक पुरै खुला रुपमा देखिएको छ । महिन्द्रा एक्सयूभी ७०० आगामी अगस्त १५ मा ग्लोबल डेब्यु गरिने र अक्टोबरमा लन्च हुने सम्भावना छ । यसले हाल बजारमा उपलब्ध एक्सयूभी ५०० लाई प्रतिस्थापन गर्नेछ ।
सार्वजनिक भएको तस्बिरका आधारमा यसको वारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । यसको प्रोफाइल ठूलो र भव्य छ । यसको क्याबिन स्पेस बढाउने प्रयास गरिएको छ । यो थप आरामदायी समेत बनेको छ ।
यसमा अटो बुस्टर हेडल्याम्प, स्मार्ट पपअप ह्यान्डल, ड्राइभर एटेन्सन मोनिटर र वाइड–इन सेगमेन्ट रुफ जस्ता फिचर हुने पुष्टि भएको छ । त्यसैगरी यसमा स्मार्ट फिल्टर टेक्नोलोजी पनि हुनेछ ।
हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा यो निकै नै शक्तिशाली हुनेछ । सो नयाँ एसयूभी पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । पेट्रोल इन्जिन भेरिएन्टमा २.० लिटर एमस्टालियोन टर्बो इन्जिन प्रयोग गरिएको छ । त्यसैगरी डिजेल इन्जिन भेरिएन्टमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ । यी इन्जिनले क्रमशः १९० एचपी र १५० एचपी सम्मको अधिकतम पावर दिन्छन् । यी इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध हुनेछन् ।
बजारमा उपलब्ध भए पश्चात यसले हुन्डाई अल्काजार र टाटा सफारी जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको अटो बजार अहिले निकै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयसम्म...
महिन्द्राले नयाँ जेनेरेसन स्कोर्पियो बजारमा ल्याउने तयारी गरिरहेको छ ।...
भारतमा एसयूभी ‘स्पेसलिष्ट’का रुपमा परिचित महिन्द्राले मिड साइज एसयूभीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...