…जब ट्रम्पको सवारीका लागि सडकमा फ्रान्सेली राष्ट्रपतिलाई प्रहरीले रोक्यो

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन मंगलबार राति आफ्नो दूतावास फर्किँदै गर्दा ट्राफिक जाममा फसेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकेडले बाटो रोकेका कारण न्यूयोर्कका एक प्रहरी अधिकारीले उनलाई सडक पार गर्नबाट रोकेका थिए।

तर, फ्रान्सेली राष्ट्रपति म्याक्रोंले सडकको पेटीबाटै ट्रम्पलाई व्यक्तिगत रूपमा फोन गरेर यो अवस्थाबारे मजाक गरे। सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा म्याक्रोंले हल्काफुल्का शैलीमा कुरा गर्दै भनेको सुनिन्छ, “थाहा छ के भयो ? म सडकमा तपाईंको लागि पर्खिरहेको छु किनभने सबै ठाउँ रोकिएको छ,।”

उनले ट्रम्प र कतारसँग गाजाको अवस्थाबारे छोटो छलफल गर्न चाहेको पनि बताए।

फ्रान्सेली राष्ट्रपति आफ्नो गाडीमा फर्केनन् र ट्रम्पसँग फोनमा कुरा गर्दै आफ्नो यात्रा पैदलै जारी राखे। न्यूयोर्कवासीका लागि यो दुर्लभ दृश्य थियो एक राष्ट्रपति सामान्यतया हुने भव्यता र सुरक्षा घेराबिना सडकमा हिँडिरहेका थिए ।

सम्बन्धित समाचारहरू

ट्राफिक नियम उल्लंघन गरेमा अब चिट काट्ने होइन एसएमएस आउने

ट्राफिक नियम उल्लंघन गरेमा अब चिट काट्ने होइन एसएमएस आउने

काठमाडौं – कुनै सवारी धनीले ट्राफिक नियम उल्लंघन गरेमा अब मोबाइलमा...

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

कास्की – जिल्लाको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको...

चोरी भएका ५१ दुईपांग्रे सवारी साधन सम्बन्धित धनीले पाए, ट्राफिक प्रहरीसँग साटे खुसीयाली

चोरी भएका ५१ दुईपांग्रे सवारी साधन सम्बन्धित धनीले पाए, ट्राफिक प्रहरीसँग साटे खुसीयाली

काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...