फ्रेन्च अटोमोबाइल निर्माता कम्पनी रेनो (रेनल्ट) ले सन् २०२२ मा आफ्नो ब्रान्ड लोगोलाई नयाँ रुप दिने घोषणा गरेको छ । २०२२ देखि नै नयाँ ब्रान्ड लोगोको प्रयोग गरिने कम्पनीले बताएको छ । डायमन्डबाट देखिने दुई रिङ जोडेर लोगो डिजाइन गरिएको छ ।
कम्पनीले २०२१ जनवरीमा प्रदर्शन गरेको पाँच प्रोटोटाइप कारमा नयाँ लोगोका साथ प्रस्तुत गरेको थियो । यद्यपि लोगो डिजाइनमा गरिएको परिवर्तन वारेमा खुलासा गरिएको थिएन । नयाँ लोगोको प्रयोग मेगन ई–भिजन कन्सेप्ट कारमा गरिने अनुमान गरिएको छ ।
सो कारलाई २०२१ को अन्त्यतिर लन्च गरिने र २०२२ पश्चात डेलिभरी गरिने छ । सन् २०२५ सम्म रेनोका सबै कारमा नयाँ लोगोको प्रयोग गरिने रेनोले बताएको छ ।
रेनोले यो भन्दा पहिले सन् २०१५ मा लोगो परिवर्तन गरेको थियो । नयाँ लोगोका लागि भने सन् २०१९ देखि नै कार्य प्रारम्भ भएको बताइएको छ । रेनोले आफ्नै पुरै इतिहासमा नवौं पटक लोगो परिवर्तन गर्दैछ । कम्पनीका अनुसार नयाँ लोगोमा ब्रान्डको इतिहासको झलक पनि पाइन्छ । नयाँ लोगो आइकनिक, सरल र सार्थक समेत भएको कम्पनीको भनाइ छ ।